म हिँडेको बाटो
मेरा बाले भन्नुहुन्थ्यो
मेरो घरको आँगनबाट निस्किएको बाटो टाढा पुग्छ ।
पाहाड, भीर, पखेरा, अक्करे भीर हुँदै शहर पुग्छ ।
शहर भन्दा पर पुग्छ,
जहाँ कोही छैन आफ्नो र बिरानो
त्यहाँ नि पुग्छ
त्यो भन्दा नि टाढा टाढा
अनि मलाई लाग्यो
पाहाड भन्दा पर, अक्करको भीर कटेपछि आउँछ अझै रमाइलो शहर
त्यहाँ भेट्नेछु मैले आकाशमा देख्ने चिलगाडी,
त्यो चिलगाडी चढेर पुग्नेछु अझै टाढा टाढा
मेरै घरमाथिबाट उड्नुछ चिलगाडीमा
हेर्नुछ भुन्टीलाई, भुन्टीको नानालाई
अनि सुनाउनुछ
माथि माथि आकाशमा देखिने कान्लाहरुमा देखिरहने आकृतिहरुका घर
बारीमा कान्लामा भरिएका बुट्टाहरु
बारीमा झाले मालेले कोरिरहेका डोराहरु
पक्कै भुन्टीले झाले मालेको पछि पछि
खोज्दै हिँड्नेछिन आफ्नो जीवन छर्दै छर्दै
आज, वर्षौँ भइसकेछ मैले आँगन छोडेर हिँडेको
अनि हजारौँ माइलको यात्राहरु तय गरेको
लक्ष्मीप्रसाद बाजेका कविता पढेको
उडी छुनु चन्द्र एक दिन
अmझै पनि चालिरहेछु पाइलाहरु
तर किन पुगिन टाढा टाढा
सपनाको सहरमा
किन सकिन फेर्न
मेरो भुन्टीको सपना
जति टाढा जान खोज्छु
यथार्तले नजिक नजिक ल्याउँछ
अनि भन्छ
टाढा गइस भने नजिकले पिरोलिरहन्छ
तर पनि हिँडिरहेछु
त्यहि घरको बलेसी टेकेर
त्यही आँगनलाई छाडेर वर्षौ वर्षौ
तर किन पुग्न सकिन टाढा टाढा अझै टाढा
मेरो भुन्टीको सपना
जति टाढा जान खोज्छु
यथार्तले नजिक नजिक ल्याउँछ
अनि भन्छ
टाढा गइस भने नजिकले पिरोलिरहन्छ
तर पनि हिँडिरहेछु
त्यहि घरको बलेसी टेकेर
त्यही आँगनलाई छाडेर वर्षौ वर्षौ
तर किन पुग्न सकिन टाढा टाढा अझै टाढा