बाह्रै महिना वैदेशिक रोजगार बचतपत्र बेच्ने तयारी

  बाह्रै महिना वैदेशिक रोजगार बचतपत्र बेच्ने तयारी

काठमाडौं: नेपाल राष्ट्रबैंकले वैदेशिक रोजगारी बचतपत्रमा आकर्षण बढाउन १२ महिना नै यस्तो बचतपत्र बिक्री गर्ने तयारी सुरु गरेको छ।

वैदेशिक रोजगारी बचतपत्रको बिक्री हिस्सा हरेक वर्ष बढ्दै गए पनि थप प्रभावकारी बनाउन राष्ट्रबैंकले सरकारसमक्ष १२ महिना नै बचतपत्र बिक्री गर्ने प्रस्ताव गर्न लागेको हो।

राष्ट्रबैंकका ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले सहभागिता बढाउन १२ महिना नै वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने प्रस्ताव राख्न लागेको बताए । 'सरकारले आन्तरिक ऋण आर्थिक वर्षको अन्तिम समयमा उठाउने गर्छ।

विदेशमा बस्ने नेपालीले सरकारले बचतपत्र बिक्री गरेको समयमा आफूहरूसँग पैसा नहुने भनी गुनासो गरेको हुँदा १२ महिना नै बिक्री गर्ने प्रस्ताव गर्न लागिएको हो', श्रेष्ठले भने।

आन्तरिक ऋणमा वैदेशिक रोजगारी बचतपत्रको हिस्सा कम हुनेहुँदा वर्षभरि नै समय तालिका तोकेर बचतपत्र निष्कासन गर्दा कुनै समस्या पर्दैन। सरकारले चालू आर्थिक वर्षमा ८४ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा वैदेशिक रोजगार बचतपत्रबाट जम्मा एक अर्ब उठाउने लक्ष्य लिएको छ।

 

आगामी आर्थिक वर्षमा आन्तरिक ऋणबाट एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यसरी हेर्दा सरकारले बढीमा आन्तरिक ऋणमा दुई अर्बमात्र वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउन सक्ने देखिन्छ। 

२०६७ सालमा राष्ट्रबैंकले पहिलो पटक वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दा जम्मा ४० लाख रुपैयाँको मात्र बिक्री भएको थियो। गत वर्ष आठ करोड ३७ लाख रुपैयाँको बिक्री भयो। यो वर्ष १६ करोड २१ लाख रुपैयाँको बिक्री भइसकेको छ भने बाँकी बिक्री हुने क्रममा छ। 

विकास खर्च नहुँदा सरकारले तोकेजति आन्तरिक ऋण उठाउने गरेको छैन, जसले गर्दा वैदेशिक रोजगार बचतपत्र बिक्रीमा पनि असर पर्ने गर्छ। राष्ट्रबैंकले प्रस्ताव गर्न लागेअनुसार बाहै महिना वैदेशिक रोजगार बचतपत्र बिक्री भएमा यसको बिक्री अनुपात अझै माथि जानेछ।

जोखिम कम लिने र सुरक्षित लगानी गर्नेका लागि बचतपत्र उपयुक्त विकल्प हो। राष्ट्रबैंकको तथ्यांकले हरेक वर्ष वैदेशिक रोजगार बचतपत्रको बिक्री बढ्दै गएको देखाएको छ।

२०६७ सालमा राष्ट्रबैंकले पहिलो पटक वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दा जम्मा ४० लाख रुपैयाँको मात्र बिक्री भएको थियो। गत वर्ष आठ करोड ३७ लाख रुपैयाँको बिक्री भयो।

यो वर्ष १६ करोड २१ लाख रुपैयाँको बिक्री भइसकेको छ भने बाँकी बिक्री हुने क्रममा छ । यसले वैदेशिक रोजगारी बचतपत्रमा बिस्तारै विदेशमा बस्ने नेपालीको आकर्षण बढ्दै गएको देखाउँछ।

'सुरुको वर्ष ४० लाखको बिक्री भएकोमा अहिले बढेर २५ करोड पुग्ने देखिएको छ। यसले विदेशमा बस्ने नेपालीको बचतपत्रमा आकर्षण बढ्दै गएको देखाउँछ', श्रेष्ठले भने। पूर्व गभर्नर डा. युवराज खतिवडाको पालामा वैदेशिक रोजगारीमा जाने नेपालीलाई बचतमा आकर्षित गर्न यस्तो बचतपत्रको अवधारणा आएको हो।

यसले केही हदसम्म भएपनि वैदेशिक रोजगारीमा जानेको कमाइ बचत गर्न मद्दत पुगेको छ। अहिलेसम्मको बिक्री हेर्दा राष्ट्रबैंकले बचतपत्रमा ब्याजदर न्यूनतम नौ प्रतिशत दिने गरेको छ।

'तरलता सहज भए पनि वैदेशिक रोजगार बचतपत्रमा ब्याजदर राम्रै छ', श्रेष्ठले भने, 'विदेशमा बस्ने नेपालीका लागि सुरक्षित लगानीको क्षेत्र वैदेशिक रोजगार बचतपत्र हो।'

विदेशमा बस्ने आफ्ना नागरिकका लागि ऋणपत्र जारी गर्नेमा चीन र भारत अघि छन्। पछिल्लो समय भारतीय रिजर्भ बैंकले जारी गरेको एनआरआई ऋणपत्रले भारतीय रुपैयाँ स्थिर बनाउन सहयोगी भूमिका खेलेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.