माथिल्लो कर्णालीमा लगानी गर्न जापान इच्छुक

माथिल्लो कर्णालीमा लगानी गर्न जापान इच्छुक


काठमाडौं: जापानले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा देखाएको छ। राजधानीमा बुधबार भएको नेपाल र जापानका परराष्ट्र अधिकारीको द्विपक्षीय परामर्श बैठकमा जापानी अधिकारीले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा जापानको सम्भावित लगानीबारे चासो राखेका हुन्।

नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले उक्त परियोजनामा विश्व बैंकसँग मिलेर जापानले लगानी गर्न सक्ने बताएका थिए।

अर्यालले माथिल्लो कर्णालीजस्ता ठूला परियोजनाका लागि जापानले लगानी बोर्डसँग थप समन्वय र परामर्श गर्न आवश्यक रहेकोसमेत बताएका थिए। माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनी जीएमआरको लगानी छ।

जापानका तर्फबाट आठ सदस्यीय टोलीको नेतृत्व गरेका त्यहाँको परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी तथा दक्षिणपश्चिम एसिया विभागका महानिर्देशक नासिदा कजुयाले नेपालको जलस्रोतमा लगानी गर्न जापान इच्छुक रहेको बताए।

बैठकमा नेपाल र जापानबीचका द्विपक्षीय सहकार्यमा नेपालमा सञ्चालित परियोजना, भूकम्पपछिको पुनर्निर्माणमा जापानी सहयोग, नेपालको सामाजिक आर्थिक विकासमा जापानको सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ।

 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षलाई भव्यतापूर्वक मनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो। बैठकमा सहसचिव अर्यालले नयाँ संविधान जारी भएपछि नेपाल आर्थिक विकास र राजनीतिक स्थायित्वको मार्गमा अघि बढिरहेको बताउँदै लगानीको वातावरण सिर्जना हुँदै गएकाले जापानबाट सरकारी तथा निजी क्षेत्रको लगानी नेपालमा बढ्ने अपेक्षा लिइएको बताएका थिए।

जापानी विदेश मन्त्रालयका दक्षिणपूर्वी तथा दक्षिणपश्चिम एसिया बिभागका महानिर्देशक कजुयाले नेपालको सामाजिक तथा आर्थिक विकासमा दिँदै आएको सहयोग निरन्तर रहने बताएका थिए।

बैठकपछि नासिदाले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भेटवार्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.