काठमाडौं-ल्हासा बस फेरि चल्ने

काठमाडौं-ल्हासा बस फेरि चल्ने

काठमाडौं: सरकारले काठमाडौंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ।

नेपाल-तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वय गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडालिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए।

ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवद्र्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहेको छ। सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै सम्झौता भएको विषय भए पनि यसलाई कार्यान्वय गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन।

अहिले उपयुक्त मोडालिटी तय गर्ने र दुवै पक्षबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ। तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सक्ने गरी सहमति भएको पनि ढकालले जानकारी दिएका छन्।

 

बुधबार भएको सहमति नेपाल र चीनबीचको पर्यटन प्रवर्द्धन र विकासमा केन्द्रित छ। यस्तो सहमतिमा नेपालमा चिनियाँ पर्यटक बढाउन रसुवा-केरुङ पर्यटक खुला गर्ने, नेपालको पर्यटनको चीनमा प्रवद्र्धन गर्ने, नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा चिनियाँ पक्षले सहयोग गर्ने, मल्टिपल इन्ट्रि भिसा प्रदान गर्नेलगायत उल्लेख छ।

हिल्सा-कैलास भूपरिधि आयोजना नेपाल तिब्बतको संयुक्त पर्यटकीय गन्तव्य भएकोले आवश्यक प्रवद्र्धन गर्ने, नेपालमा चिनियाँ पर्यटकको हेलिकोप्टरबाट गर्नुपर्ने उद्धारमा सहजीकरण गर्नेलगायत सहमति भएको छ।

नेपालबाट चीन जाने सीधा वायुसेवा नभएको र चिनियाँ वायुसेवाको एकाधिकारका कारण हवाई भाडा अधिक रहेको गुनासो बढेकोले चिनियाँ जहाजको नेपाल उडानको भाडा घटाउने विषय पनि छलफलको प्रमुख एजेन्डा बनेको छ।

यो एजेन्डामा भने दुवै पक्षले आवश्यक पहल गरेर हवाई भाडा घटाउन सहजीकरण गर्ने सहमति भएको छ। चीनबाट सीधै नेपाल आउन हवाई भाडा महँगो भएकोले पनि पर्यटक कम आउने गरेको गुनासोलाई सम्बोधन गर्न संयुक्त पर्यटन समन्वय समितिले पहल गरेको दाबी पर्यटन विभागको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.