‘गुन्डा नाइके’ ले लिम्बुवानका कार्यकर्तालाई खुकुरी हाने

‘गुन्डा नाइके’ ले लिम्बुवानका कार्यकर्तालाई खुकुरी हाने

धरानः धरानका गुण्डा नाइके सन्तोष विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका कार्यकर्ताहरु धरान–१७ निवारी ३७ वर्षीय वर्षीय सञ्जय कुमार राई र धरान १५–का २६ वर्षीय प्रज्वल लिम्बू (प्रकाश) गम्भीर घाइते भएका छन् ।

खुकुरी हानेपछि विक फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द« खतिवडाले बताए । विक कांग्रेस महाधिवेशन प्रतिनिधि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको केटीएम सेक्युरिटी प्रालीका कर्मचारी पनि हुन् । विकले बुधवार राति लिम्बुवान कार्यकर्तालाई खुकुरी प्रहार गरेका थिए । तर घटना शुक्रवार मात्र सार्बजनिक भएको हो ।

दुई वर्ष अगाडि लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेका विक धरानमा गुण्डागर्दीको आडमा असुलीमा संलग्न रहेका प्रहरीले बताएको छ । लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेदेखि नै लिम्बुवानसँग असन्तुष्टि जनाउदै आएका विकले पुरानो रिसिवीका कारण लिम्बुवान कार्यकर्ताहरुलाई घाइते बनाएको लिम्बुवान पार्टीले दाबी गरेको छ ।

लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाउने गुण्डा नाइके विकलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

 

घाइते लिम्बुवान कार्यकर्ताहरुको बिपी प्रतिष्ठानमा उपचार भैरहेको छ । घाइतेमध्य प्रज्वलको अवस्था गम्भीर रहेको बताइएको छ । दुबैजनाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

विक लगायत खुकुरी प्रहार गर्नेहरुमाथि पीडितहरुले इलाका प्रहरी कार्यालय धरानमा ज्यान मार्ने उद्योग ऐन अन्र्तगत किटानी जाहेरी दिएका छन् ।

लिम्बुवान कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने विक लगायतको समुह घटनापछि फरार रहेकाले उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको डिएसपी खतिवडाले बताए ।

घटनापछि प्रहरीले विकले सञचालन गरेको मालिङ्गो रेष्टुरेण्ट बन्द गराएको छ । धरानमा राति १० बजेपछि होटल तथा रेस्टुरेण्ट सञ्चालन गर्न प्रहरीले प्रतिबन्ध लगाए पनि विकले गुण्डागर्दीको शैलीमा १२ बजेजम्म रेस्टुरेन्ट चलाउँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.