एसपी बज्राचार्य मानव बेचविखनविरुद्धको वर्ष हिरो

एसपी बज्राचार्य मानव बेचविखनविरुद्धको वर्ष हिरो

काठमाडौं: नेपाल प्रहरीकी उपरीक्षक (एसपी) किरण बज्राचार्य मानव बेचबिखनविरुद्धक वर्ष हिरो बन्न सफल भएकी छन् ।

एसपी बज्राचार्य विश्वभरका आठजनालाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको यो उपाधि जित्ने पाँचौ नेपाली हुन् ।

यो पटक पनि विश्वभरका आठजना अभियन्तासँगै उनी पनि सम्मानित हुन सफल भएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयको सन् २०१६ को 'टीआईपी रिपोर्ट हिरो' मा परेकी एसपी बज्राचार्यले नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सीआईबी) मा करिब २ वर्षसम्म कार्यरत हुँदा मानव तस्करहरुको ठूलो गिरोहलाई पक्रन सफल भएकी थिइन् ।

यसअघि नेपालबाट यो सम्मान भीम लामा, गणेश श्रेष्ठ, कुमार गिरी, चरीमाया तामाङ र टेकनारायण कुँवरले प्राप्त गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.