निगमको आन्तरिक उडान कमजोर: वर्षिक २० करोड घाटामा

निगमको आन्तरिक उडान कमजोर: वर्षिक २० करोड घाटामा

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा दुईवटा जहाज थप भएपछि सुधार भए पनि अन्तरिक उडान हरेक वर्ष कमजोर बन्दै गएको छ । सरकारले निगमको आन्तरिक उडानलाई प्राथमिकता दिन नसक्नु, भएका जहाज पनि घट्दै जानु, सरकारले जवरजस्ती उडान गर्न दिएको चिनियाँ जहाज बिमा रकमसमेत तिर्न नसक्ने गरी घाटा हुनु र सेवामूलक उडान गर्नुपरेकोले आन्तरिक उडान कमजोर बनेको हो ।

वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले आन्तरिक उडानमा वार्षिक २० करोड रुपैयाँ घाटा भएको जानकारी दिए । निगमको ५८ औं वार्षिकोत्सवमा उनले यो जानकारी दिएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएको अवस्थामा त्यसलाई आन्तरिक उडानमा खर्च गरेर सेवामूलक उडानमा प्रयोग गर्न सकिन्छ । डेढ वर्ष अगाडि अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरवस नामक न्यरोबडी जहाज थप गरेर उडान गर्न थालेपछि निगमको छविमा सुधार हुन थालेको छ ।

कार्यक्रममा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको अन्तर्राष्ट्रियतर्फको उडान संख्या एक वर्षको अवधिमा ७५ प्रतिशतले बढेको जानकारी दिए । निगमले ग्राउन्ड ह्यान्डलिङमा पनि दैनिक आठ हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ । निगमले आव २०७१÷७२ मा सात अर्ब नौं करोड रुपैयाँ आम्दानी गरेको थियो । यसले आव २०७२/७३ मा अन्तर्राष्ट्रिय उडामार्फत यस्तो आम्दानी २१ प्रतिशले वृद्धि गरेर नौ अर्ब ६ करोड पुर्‌याएको तथ्यांक सार्वजनिक गरेको छ । निगमले कर अघिको नाफा पनि साढे आठ करोडबाट आव २०७२÷७३ मा १० करोड रुपैयाँ पुर्‌याएको दाबी गरेको छ ।

 

निगमले हरेक वर्ष अन्तर्राष्ट्रिय उडानका वायुसेवाका उडानलाई मात्रै प्राथमिकतामा राखेर तथ्यांक सार्वजनिक गर्ने गरेको छ । निगम अन्तर्राष्ट्रिय उडनामा राम्रो छवि बनाउन सके आन्तरिक उडान पनि विस्तारै सुध्रन सक्ने मान्यतामा निगम छ । तर, निगमले नै हरेक वर्ष घाटामा गइरहेको आन्तरिक उडानको तथ्यांकलाई भने नसमेट्नुले यसको आन्तरिकमा प्राथमिकता नै नभएको देखाउने गरेको छ । सरकारले निगमको आन्तरिक उडानमा जहाज थप नगर्नु र भएका ट्वीनअटर जहाजको संख्या पनि घट्दै जानु तथा त्यसलाई सञ्चालन गर्न लाग्ने शुल्क नै अधिक हुनुले निगम घाटामा गएको निगमकै उच्च पदाधिकारीको दाबी छ । निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा आन्तरिक उडानका जहाज उडाएर निगमले १४ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

आव २०७०÷७१ को तुलनामा यो घाटा साढे ५६ प्रतिशत बढेको जानकारी पनि निगमले दिएको छ । आव २०७२÷७३ मा पनि निगमको आन्तरिक उडानमा घाटा २० करोड रुपैयाँ छ । राष्ट्रिय ध्वजाबाहक यो वायुसेवासँग आन्तरिक उडानको लागि प्रशस्त मात्रामा जहाज नहुनु नै घाटाको पहिलो कारण भएको निगमको भनाइ छ । निगमसँग अहिले आन्तरिक उडानका लागि तीनवटा जहाज छन् । निगमले सरकारले तोकेकै दरमा दुर्गम क्षेत्रका लागि सेवामूलक उडान गर्नुपर्ने र निजी वायुसेवाको तुलनमा निकै सस्तो भाडादर भएकोले पनि हरेक वर्ष आन्तरिक उडान घाटामा छ ।

निगमसँग जहाज कम हुनु र भाडा पनि सस्तो राखिनुका कारण अन्तर्राष्ट्रिय उडानबाट फाइदा कमाएर आन्तरिक उडानको घाटा पूर्ति गर्नुपरेको निगमले जानकारी दिएको छ । निगमका जहाजले दुर्गम क्षेत्रका स्थानीयलाई सेवामूलक उडानको सुविधा गर्नुपर्ने भएकै कारण २०४७/०४८ देखिनै आन्तरिक उडान घाटामा जान थालेको निगम स्रोतको भनाइ छ । निगमका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार आन्तरिक उडामा एकैपटक एक दर्जन जहाज उड्दा निगमको लागत कम थियो ।

लागत बढ्दै जानु, भाडादर समयसापेक्ष वृद्धि गराउन नसक्नु तथा अन्तर्राष्ट्रिय उडानबाट कमाएर आन्तरिक उडानमा पूर्ति गरिँदै आउनुले पनि समग्रमा निगममा घाटा नदेखिएको हो । निगमले आन्तरिक उडान सञ्चालन गर्न हरेक वर्ष करिब २५ करोड खर्च हुने गरेको छ ।

निगमका अनुसार चिनियाँ जहाज थप भए पनि निगमको घाटा अझै बढ्न थालेको छ । निगमको चिनियाँ जहाजकै कारण वार्षिक घाटा चुलिएको हो । निगमको ५६ सिट क्षमताको चिनियाँ जहाज एमए ६० तोकिएको समयभन्दा निकै थोरै समय उड्ने गरेको छ भने १८ सिट क्षमताको वाई १२ भने ८÷९ महिनादेखि नै विमानस्थलमा थन्किरहेको छ ।

निगमका महाप्रबन्धक कंसाकारले भने ‘चिनियाँ जहाज ल्याएर थन्क्याएको मात्रै छ उडान हुन सकेको छैन कहाँबाट नाफा कमाउनु ? ' ,उनले भने,‘अहिले चिनियाँ जहाजको कुरा नगरौं, आन्तरिकको नाफा घाटालाई पनि हामीले त्यसरी इस्यू बनाएका छैनौं ।' अन्तर्राष्ट्रिय उडानको क्षेत्र र दायारा फराकिलो छ । नेपालमा वार्षिक कारोबार नै ९० अर्बभन्दा बढी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.