अब एक दिनमै राहदानी

अब एक दिनमै राहदानी

काठमाडौ: के तपाईँलाइ एक दिनमै राहदानी चाहिएको छ ? यदी त्यसो हो भने तपाईँले अब १५ हजार रुपयाँ तिरे एक दिनमै सहजै राहदानी प्राप्त गर्नसक्नुहुनेछ।

परराष्ट्रमन्त्रालय अर्न्तगतको राहदानी विभागले आवेदन दिएको २४ घण्टाभित्रै राहदानी लिन सक्ने द्रुत सेवाको राहदानी वितरण आइतबार देखि शुरु गरेको छ।बिभागले दाङ्की चन्द्रकली बुढाथोकीलाई आइतबार बिहान १० मिनेटमै राहदानी जारी गरेको थियो।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राहदानी बिभागमा आयोजित एक कार्यक्रमबीच द्रुत सेवाको राहदानी वितरणको शुभारम्भ गरेका हुन्।सेवा शुरु गरेकै दिन आइतबार बिभागबाट ४५ जनाले राहदानी पाएका छन्।

बिभागका महानिर्देशक लोक बहादुर थापाले एक दिनमा राहदानी चाहनेले १५ हजार, आज आवेदन दिएर भोली राहदानी चाहनेले १२ हजार र आज आवेदन दिएर पर्सि राहदानी चाहनेले १० हजार रुपयाँ तिनुपर्ने उल्लेख गरे।

तत्कालका लागि नारायणहिटीस्थित राहदानी बिभागबाट मात्र यो सेवा उपलब्ध हुने बिभागका उपसचिव राम प्रसाद सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।
तर देशभरका जिल्ला प्रशाशन कार्यालयहरुबाट भने सेवाग्राहीले साविक बमोजिम नै ५ हजार रुपयाँमा राहदानी लिन सक्ने सुवेदीले बताए।यसअघि १० हजार रुपैयाँ बुझाएमा एक साता भित्र द्रुत सेवाको राहदानी वितरण हुने गरेको थियो।

दु्रत सेवाको राहदानी वितरण प्रक्रियाको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री थापाले यो सेवा राहदानी वितरणमा कोसेढुंगा रहेको बताए।‘अत्यन्तै जरुरी परेका सेवाग्राहीले अब एक दिनमै राहदानी लिन सक्नेछन्।राहदानी वितरण प्रभावकारी र चुस्त बनाउन यो महत्वपूर्ण फड्को हो'मन्त्री थापाले भने।

 

घरबाटै अनलाइन फारम भर्ने व्यवस्था

बिभागले आइतबारबाटै 'प्रि इनरोलमेन्ट'राहदानी वितरण सेवा समेत शुरु गरेको छ।यो सेवा अनुशार सेवाग्राहीले अब घरबाटै राहदानी विभागको वेबसाइटमा फारम भरेर राहदनीका लागि आवेदन दिन सक्नेछन्।यसरी अनलाइन फारम भर्दा आफूलाई एकदिन, दुईदिन या तिनदिन कतिमा राहदानी चाहिने यो त्यो पनि सेवाग्राहीले खुलाउनुपर्नेछ।

अनलाइन फारम भरेपछि सेवाग्राहीले बारकोड प्राप्त गर्नेछन्।उक्त बारकोड लिएर केन्द्रिय राहदानी बिभागमा गएपछि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्ने महानिर्देशक थापाले बताए।

यो सेवा अन्तर्गत सेवाग्राहीले राहदानी बिभाग जाँदा संबन्धित जिल्लाबाट नागरिकता प्रमाणित भएको सिफारिस पत्र र राजस्व साथमा लिएर जानुपर्नेछ।यद्यपी सेवाग्राहीको फोटो बिभागले नै खिचिदिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.