वित्तीय पहुँच बढाउन साक्षरता नीति

वित्तीय पहुँच बढाउन साक्षरता नीति

काठमाडौं: सरकारले वित्तीय पहुँच विस्तार गर्न वित्तीय साक्षरता नीति ल्याउने भएको छ । अर्थ मन्त्रालयले वित्तीय साक्षरता बढाउने गरी नीति बनाउन लागेको छ । नेपालमा अहिले वित्तीय साक्षरता कमजोर अवस्थामा छ । वित्तीयरूपमा साक्षरको संख्या बढाउन सरकारले वित्तीय साक्षरता नीति ल्याउन लागेको हो । अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सूर्य आचार्यले वित्तीय पहुँच बढाउन वित्तीय साक्षरता नीति तयार पार्ने काम भइरहेको जानकारी दिए । ‘निक्षेप राख्ने र कर्जादेखि बिमासम्मको विषय नीति आउनेछ',उनले भने ।

एक अध्ययनअनुसार अहिले ६० प्रतिशत जनता वित्तीय पहुँचबाट बाहिर छन् । ‘ वित्तीय पहुँचबाट बाहिर रहेको ६० प्रतिशत जनसंख्यालाई वित्तीय क्षेत्रको पहुँचमा पुर्‌याउन नीति सहयोगी हुनेछ', अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यले भने । तथ्यांकअनुसार वित्तीय पहुँचबाट बाहिर रहेको जनसंख्यामा २० प्रतिशतले गैरबैंकिङ सेवा प्रयोग गर्छन् भने २१ प्रतिशत अनौपचारिक माध्यम प्रयोग गर्ने गर्छन् । १८ प्रतिशत पूर्णरूपमा कुनै पनि प्रकारको सेवा प्रयोग नगर्ने जनसंख्या छ । उनीहरू न्यूनतम रकम ऋण लिन कुनै पनि माध्यमबाट सक्ने अवस्थामा छैनन् ।

वित्तीय समावेशिता बढाउने गरी वित्तीय साक्षरता नीति ल्याउने तयारी अर्थ मन्त्रालयको छ । आर्थिक विकासको एउटा बाधकका रूपमा वित्तीय पहुँच नपुग्नुलाई पनि लिने गरिन्छ । सबैलाई समान रूपले वित्तीय पहुँच बढाउन वित्तीय समावेशिताको विषय उठेको छ । अहिले सहरी क्षेत्रमा बस्नेका लागि बढी वित्तीय पहुँच छ भने ग्रामीण क्षेत्रमा बस्नेलाई वित्तीय पहुँच धेरै टाढाको विषय छ ।

राष्ट्र बैंकका प्रवत्ता त्रिलोचन पंगेनी वित्तीय साक्षरता बढाउन नीति महत्वपूर्ण हुने बताउँछन । ‘सबैमा वित्तीय पहुँच बढाउन नीतिले महत्वपूर्ण योगदान खेल्ने छ',उनले भने । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले केही महिना अगाडि विद्यालय शिक्षादेखि नै वित्तीय साक्षरताको कार्यक्रम सुरु गर्ने बताएका थिए । यसमा विद्यालयदेखि नै वित्तीय साक्षरता समेट्ने कार्यक्रम हुनेछन् । नीतिले तल्लो तहदेखिनै साक्षरता बढाउने गरी कार्यक्रम ल्याउने गरी आउनेछ ।

 

वित्तीय साक्षरताको अभाव हुँदा नेपालमा सामान्य बैंकिङ कारोबार समेत नगरेको ठूलो समुदाय छ । खासगरी रेमिटेन्सका कारण ग्रामीण क्षेत्रमा जाने पैसा बढे पनि त्यो औपचारिक माध्यममा आउन सकेको छैन । बैंकमा खाता नहुने तथा खाता खोल्न शाखा कार्यालय टाढा हुने हुँदा घरमै नगद राख्ने प्रवृतिमा अझै कमी आएको पाइदैन । बैंक भनेको ठूला व्यक्तिका लागि हो मान्यता अझै पनि कायम रहेको हुँदा ठूलो समुदाय बैंकिङ पहुँचबाट बाहिर छ ।

वित्तीय क्षेत्र विकास रणनीति अन्तिम चरणमा

वित्तीय क्षेत्रको पाँच वर्षे विकास गर्न बनाइएको वित्तीय क्षेत्र विकास रणनीति मन्त्रिपरिषद्मा पुगेको छ । राष्ट्र बैंकले तयार पारेको रणनीति अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको हो ।

यसमा पाँच वर्षभित्रमा वित्तीय क्षेत्रको विकासका लागि अपनाइने रणनीति छ । यसले अहिले बैंकिङ क्षेत्रमा भएको वर्ग हटाएर बैंक र लघुवित्त मात्र सञ्चालन गर्ने तथा बैंकिङ, बिमा, पुँजीबजार, लघुवित्त, सहकारी र गैरबैंकिङ क्षेत्रको विकास कसरी गर्ने भन्ने विषय समेटेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.