मदन पुरस्कार दाबेदारको ‘सर्ट-लिस्ट' सार्वजनिक

काठमाडौँ: मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका दाबेदारको ‘सर्ट-लिस्ट' सार्वजनिक गरेको छ।
वर्षभरी गुठीलाई प्राप्त भएका पुस्तक मध्येबाट उत्कृष्ट सात पुस्तक र पुस्तकका लेखक छनोट भएको गुठीले विज्ञप्ति मार्फत जानकारी गराएको हो । ‘सर्ट-लिस्ट' मा सातजना लेखक र उनका पुस्तकको नाम उल्लेख गरिएको छ ।
लिस्टको पहिलो नम्बरमा भुवनहरि सिग्देलको ‘आमोई' पुस्तक परेको छ भने दोस्रो नम्बरमा रामलाल जोशीको ‘ऐना' छ । तेस्रो नम्बरमा नीलमकार्की निहारिकाको ‘चीरहरण' पुस्तक परेको छ भने चार नम्बरमा घनश्याम खड्काको ‘निर्वाण' उपन्यास छ ।
पाँच नम्बरमा सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना' छ भने छैठौँ नम्बरमा बुद्धिसागरको ‘फिरफिरे' छ । त्यसैगरी सातौँ नम्बरमा दामोदर पुडासैनी ‘किशोर' को सीमानाका रङ्ग सीमानाका तरङग' नाम कृतिको नाम उल्लेख छ ।
गुठीका सदस्य सचिव कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यिनै पुस्तकहरु मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिने छ ।'
प्रतिक्रिया दिनुहोस !
