ग्रान्डीद्वारा बिना शल्य चिकित्सा पत्थरीको उपचार
काठमाडौं: ग्रान्डी सिटी अस्पतालले अत्याधुनिक अल्ट्रासाउन्ड मेसिनको सहायताबाट लिथोट्रिप्सी मेसिनद्वारा नेपालमा नै पहिलो पटक बिना शल्य चिकित्सा पित्तनलीको जटिल पत्थरीलाई फुटाएर उपचार गर्ने प्रविधिको सफल सुरुवात गरेको छ।
पित्तथैलीबाट पित्त बग्ने साझा पित्तनली मा १ सेन्टी मिटर वा सो भन्दा ठूलो पत्थरी अड्किएर बसेको तर एआसीपी प्रविधिद्वारा उपचार गर्न नसकेको तथा पटकपटक एआसीपी असफल भएको अवस्थाको बिरामीलाई यो नयाँ प्रविधिबाट सो पत्थरीको सफलतापूर्वक उपचार गरेको हस्पिटलले जनाएको छ।
यस प्रविधिबाट उपचार गराउँदा बिरामीलाई बेहोश गर्नु नपर्नुका साथै शरीरमा कुनै पनि घाउ बनाउनु नपर्नेछ।