केयूद्वारा निष्पक्षताको दाबी

केयूद्वारा निष्पक्षताको दाबी

काठमाडौं: काठमाडौं विश्वविद्यालय (केयू) ले एमडी, एमएस र एमडीएस कार्यक्रमको प्रवेशपरीक्षाको प्रश्नप्रत्र ‘लिक' भएको आरोप लागेपछि गठन गरिएको विशेषज्ञको टोलीले निर्माण गरेको प्रश्नपत्रका आधारमा सञ्चालित प्रवेशपरीक्षाको सम्पूर्ण जिम्मेवारी आफैंले लिएको छ ।

विश्वविद्यालयका डिन डा. भोला थापाले निर्धारित परीक्षा हुनुअघि प्रश्नपत्र ‘लिक' भएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन टोली पठाएपछि केयू पदाधिकारीको उपस्थितिमा विशेषज्ञ टोली गठन गरी प्रवेशपरीक्षाको प्रश्नपत्र तयार गरिएको बताए । उक्त विशेषज्ञ टोली स्वतन्त्र र मर्यादित किसिमले गठन गरिएको दाबीसमेत उनले गरे ।

‘विशेषज्ञ टोलीले प्रवेशपरीक्षाका लागि आवश्यक प्रश्नपत्र प्रश्न ब्यांकबाट तयार गरेको हो । त्यसको सम्पूर्ण जिम्मेवारी काठमाडौं विश्वविद्यालयले लिन्छ', उनले मंगलबार अन्नपूर्णसँग भने, ‘यसमा अख्तियारले हस्तक्षेप गरेको भन्ने हल्ला निराधार हो । उक्त प्रक्रियामा धाँधली भएको भन्ने सूचना पुगेपछि छानबिनका लागि अख्तियारको टोलीले निगरानीमात्र गरेको हो ।'

प्रवेशपरीक्षा सामान्य तरिकाबाटै सञ्चालन भएकाले र आफू नै त्यसको जिम्मेवार भएकाले काठमाडौं विश्वविद्यालयले त्यसबारे कुनै औपचारिक धारणा व्यक्त नगरेको उनले बताए । डा. माथेमाले राजीनामा दिएको सन्दर्भमा डा. थापाले भने, ‘वास्तवमा अख्तियार र डा. माथेमाको चाहना पारदर्शी र स्तरीय परीक्षा हुनुपर्छ भन्ने देखिएको छ । विशेषज्ञ टोलीलाई त्यो जिम्मेवारी दिएर काठमाडौं विश्वविद्यालयले त्यसलाई आधार मानेको छ ।'

 

विशेषज्ञ टोलीका आठ सदस्यमध्ये एक डा. शशी शर्माले आफ्नो टोली काठमाडौं विश्वविद्यालयले नै गठन गरेको र दिइएको जिम्मेवारी पूर्ण रूपमा मर्यादित र निष्पक्ष रूपमा पूरा गरिएको बताए । उक्त प्रवेशपरीक्षाका लागि प्रश्नपत्र अख्तियारले परिचालन गरेका व्यक्तिबाट बनाइएको भन्ने आरोप निराधार भएको समेत उनले बताए । उनका अनुसार उनी आफैं, विश्वविद्यालयका डिन डा. नरेन्द्रबहादुर राणा र एसोसिएट डिन डा. भागवतप्रसाद नेपाल संलग्न बैठकले डा. शशी शर्मा, डा. सुबोध अधिकारी, डा. नीलमणि उपाध्याय, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सरोज श्रेष्ठ, डा. सुप्रभात श्रेष्ठ, डा. हीरा तुलाधर र डा. प्रकाश डंगोलको टोलीले प्रश्नप्रत्र बनाएको हो ।

महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको स्वायत्त अधिकार क्षेत्रमा हस्तक्षेप गरी अख्तियारले नतिजासमेत प्रभावित गरेको आरोप लगाउँदै अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेसहितका माग राख्दै आठौंपल्ट ‘आमरण अनशन' मा जाने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.