पूर्वसांसदको हत्या गर्ने श्रीमती र छोरीलाई जन्मकैद

पूर्वसांसदको हत्या गर्ने श्रीमती र छोरीलाई जन्मकैद

राजविराज: विघटित संविधानसभा सदस्य ५५ वर्षीय सदरुल मियाँ हकको हत्यामा उनकै श्रीमती र छोरी संलग्न रहेको ठहर भएको छ । सप्तरीको कल्याणपुर २ निवासी हकको हत्यामा संलग्न रहेको आरोपमा अदालतले सोमबार कारागारमा थुनामा रहेकी उनकी श्रीमती र छोरीलाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले हककी श्रीमती ५२ वर्षीया नुरजहाँ खातुन र छोरी २१ वर्षीया रुबेदा खातुनलाई जन्मकैदको फैसला गरेको छ । मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस ६ घर भई लहान नपा ५ पानीट्यांकी बस्ने ४० वर्षीय अब्दुल रउफलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले हत्याका योजनाकारहरू छोरी रुबेदा र रउफलाई ०७० जेठ २३ गते तथा नुरजहाँलाई ०७० जेठ २४ गते पक्राउ गरेको थियो । नुरजहाँ रुबेदा कल्याणपुर २ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न रउफ लहान ५ बाट पक्राउ परेका थिए । हत्याका मुख्य योजनाकार र संलग्न रुवेदाका प्रेमी भारतीय नागरिक लहान ५ मा झारफुकको काम गर्ने मौलवी ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी २ का ३४ वर्षीय एनुल शेख भने फरार रहेकोले मुद्दा मुल्तबी राखिएको छ ।

 

रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि उनीहरूले ०६९ फागुनमा रौतहटमा गई विवाह (निकाह) गरेका थिए । सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको ठानेर योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन प्रहरी नायव उपरीक्षक दिनेश आचार्यले बताएका थिए ।

आचार्यका अनुसार केही पाउन केही गुमाउनु पर्छ भन्दै हककी श्रीमती नुरजहाँ, छोरी रुवेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हकको हत्या गरिएको थियो । अभियुक्तहरूले पाँच महिनाअघि बनाएको हत्याको योजनाअनुरूप छोरी रुवेदाले बुबाका हरेक गतिविधिबारे प्रेमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन डीआइजी परशुराम खत्रीले जानकारी दिएका थिए ।

०७० जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट पाएपछि जमिरुल, एनुल र रउफ सोही राति ९:३० बजे लहानबाट मोटरसाइकलमा आई पेट्रोल पम्पमा हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.