भोटेकोसीमा पानी बढ्दा सिन्धुलीमा भागभाग

भोटेकोसीमा पानी बढ्दा सिन्धुलीमा भागभाग

सिन्धुलीः सिन्धुपाल्चोक स्थित भोटेकोसी नदीमा एक्कासी पानीको बाहव बढेपछि काभ्रे, सिन्धुली र रामेछाप सुनकोसी किनारका बासीन्दामा त्रास फैलिएको छ ।


भोटेकोसीमा पानीको बाहव बढेपछि त्यसबाट हुने खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशानले सुरक्षित रहन भनेपछि सिन्धुली र रामेछाप स्थित सुनकोसी किनाराका दुई सयबढी सर्वसाधरणमा मध्यरातमा भागाभाग भएको थियो ।

मंगलबार मध्यराति प्रहरीले भोटेकोसीमा अझै पानी बढीरहे त्यसले सुनकोसी किनाराका पनि सयौं घरहरु बगाउने खतरा रहेको भन्दै घर छाडेर सुरक्षित स्थानमा बस्न भनेको थियो । कतिपय खान खाएर सुति सकेका थिए ।

कोही सुत्ने तयारीमा थिए । तर, प्रहरीले खबर गर्दै सुरक्षित स्थानमा सर्न भनेपछि मध्यरातमा घर छाडेर डाँडामा गएर रातभर जाग्राम बसेको सर्वसाधरणहरुले जानकारी दिए ।

सिन्धुलीको कुशेश्वर, सितलपाटी, पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा, भिमेश्वर, भुवनेश्वरी, तिनकन्या, डुडभन्ञ्याङ, सुम्नाम पोखरी, साङसाङ, तोश्रामखोला, सोल्पा, रत्नावती र रामेछापको आधादर्जनबढी गाविसका सर्वसाधरणहरु दश बजेरातीबाट घर छाडेर सुरक्षित स्थानमा बसेका थिए ।

‘प्रहरीले सुरक्षित हुन भन्यो, ‘भुवनेश्वरीका गौरव कार्कीले भने, ‘खतरा छ भनेपछि गाउँका सबैलाई खबर गरेर रातारात सुनकोसी किनाराका लागि सुरक्षित स्थानमा सर्न भनियो । उनिहरुको महत्वपूर्ण सरसामाग्रि समेत सुरक्षित गर्न सहयोग गरियो ।'

 

जिल्लाको खुर्कोट र भुवनेश्वरीको ग्वाल्टार तलको क्षेत्र सुनकोसी नदीको अति जोखीममा रहेको मानिन्छ । रातको समय भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा राखेर युवाहरु रातभर नदी र घर हेरेर जाग्राम बसेको कार्कीको भनाई छ ।

‘घरमा सबै सामान छन् । भएका कतिपयका अस्थायी टहरमा पनि चोर लाग्ला भन्ने डर भयो । एक पछि अर्को विपत्ति आएपनि सबै मायाँ मार्न सकिन्न रहेछ । घरका मान्छेलाई अग्लो स्थानमा बसाएर युवाहरु नदी किनारमा बाढीको बहाव हेर्दै घर कुर्दै रात विताएका छौं,' कार्कीले भने । कार्कीका अनुसार झाँगाझोली रातमाटा, सितलपाटी, कुडुले, स्याउटार, सुम्नाम पोखरी, नौलोपुर, खाङसाङ, बाशेश्वरको बलेनी, तिनकन्याको गढतीर क्षेत्रका दुई सयबढी परिवारले रातभर घर छाडेका छन् ।

अहिले भोटेकोसीको पानीको सतह घट्दै गएपनि त्यस तलका सर्वसाधरणहरुमा अझै त्रासकाम भएको छैन् । उनिहरुमा अझै कतिवेला बाढी आउने हो र क्षेती पुर्‌याउने हो भन्ने सन्त्रास भइरहेको खुर्कोटका स्थानीय गणेश देवकोटाले बताए । युवाहरु बुधबार विहान घर फर्केपनि बालबालिका र वृद्धवृद्धाहरु अझै घर फर्नन नसकेको उनको भनाई छ ।

‘मध्यरातमा बालबालिका काखमा च्यापेर हिडेकाहरु केही नजिकको सुरक्षित विद्यालय, प्रहरी चौकी, तथा आफन्तकामा सरण लिएर बसेका छन्,' देवकोटाले भने । उनका अनुसार भुवनेश्वरीको मुर्गी, कुखरेटार लगायतका झण्डै पचास घरपरिवार रातभर सडक र छिमेकमा सरण लिएर रात कटाएका छन् ।

सुनकोसी नदीको जोखीममा रहेकाहरु रातभर भोक्कै र चिन्तामा बसेका छन्,' उनले भने, ‘उनिहरुले भएका सरसामान समेत पोको पारेर हिडेकोले खान र वस्न समस्या भएको हो ।' घरमा बस्न सबैमा त्रास भएको छ । उनिहरु रातभर त्रसीद छन ।

सबै भन्दाबढी बाढीको जोखीममा रहेको खुर्कोट बजार बुधबार विहानदेखि सुनसान भएको छ । भोटेकोसीमा पानीको वाहव बढ्दा आउने बाढीले सुनकोसी किनाराका सर्वसारधणमा क्षति पुर्‌याउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै राति नै सुरक्षित स्थानमा सर्न भनेको सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक उमाशंकर पन्जियारले जानकारी दिए ।

उनले भने, ‘सम्भावित खतराबाट बच्नका लागि प्रहरी परिचालन गरी सर्वसाधरणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका हौं ।' स्थानीय प्रसाशनले जोखिमयुक्त स्थानका सर्वसाधरणलाई मंगलबार रातिबाटै सुरक्षित स्थानमा रहन उर्दी जारी गरेको थियो ।

सुनकोसी नदी सिन्धुली जिल्ला अन्तरगत मात्र झण्डै ९८ किलोमिटर क्षेत्रमा बहने भएकाले पनि जिल्लामा धेरै ठुलो क्षेत्र खतरामा रहेको छ ।

बाढीबाट झण्डै १८ करोड रुपैयाँ लागतमा हालैमात्र निर्माण सम्पन्न सिन्धुली र रामेछाप जोडिने सुनकोसी पुल, सवा करोड लागतमा निर्माण खुर्कोटमा रहेको इलाका प्रहरी चौकी, बलेनीको प्रावि विद्यालयका साथै विपी राजमार्ग र मध्यपहाडी लोकमार्गको झण्डै ९० किलोमिटर भित्रका अधिकांश क्षेत्र जोखीममा पर्ने अनुमान गरिएको छ । ‘सुनकोसी नदी किनारबाट दुईदेखि तिन मिटरको मात्र उचाईमा बस्तिहरु रहेका कारण पनि सुरक्षाका लागि हाइअलर्ट अवस्थामा बस्न भनेका हौं,' पन्जियारले भने ।

उनका अनुसार बुधबार बिहानसम्मा नदीमा पानीको सतह घटेका कारण ठुलो दुर्घट्नाको सम्भावना भने कम भएको छ । तर, पनि सर्बसाधरण त्रासका कारण सहज घर फर्कने अवस्था कम भएको बताइएको छ । बुधबार विहानदेखि नै यातायातका साधनहरु छिटफुटबाहेक चल्न सकेका छैनन् । नदीको सम्भावित खतरा टर्दै गएपनि अझै केही समय सजक हुनु पर्ने प्रहरीको भनाई छ ।

जिल्लामा सम्भावित दुर्घटनालाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी नेपाल रेडक्रसकर्मी हाइअलर्ट अवस्थामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.