आइसल्यान्डलाई विजेता सरहको सम्मान ( फोटो फिचर )

आइसल्यान्डलाई विजेता सरहको सम्मान  ( फोटो फिचर  )

रेकजाभिक: कुनै पनि ठूला प्रतियोगितामा उपाधि जितेर स्वदेश फर्किएको टोलीलाई भव्य स्वागत गरिनु स्वाभाविक हो। तर जारी युरोकपमा क्वार्टरफाइनलसम्मको यात्रा गरेर स्वदेश फर्किएको आइसल्यान्ड टोलीले भने स्वदेश फर्कंदा उपाधि जितेसरह नै भव्य सम्मान पाएको छ।

युरोकपको क्वार्टरफाइनलमा घरेलु टोली फ्रान्ससँग पराजित भएर सोमबार स्वदेश फर्किएको आइसल्यान्ड टोलीलाई राज्य र समर्थकले उपाधि जितेर फर्किएसरह सम्मान दिएका हुन्।जनसंख्याको हिसाबले युरोकपमा सहभागी सबैभन्दा सानो राष्ट्र आइसल्यान्डले युरोकपको पहिलो सहभागितामै सनसनीपूर्ण प्रर्दशन गरेपछि हजारौं घरेलु समर्थक टोलीको सम्मानमा रेकजाभिकको सडकमा उत्रिएका हुन्।

आइसल्यान्डको जनसंख्या जम्मा तीन लाख ३० हजार छ। टोलीको समर्थनका उत्रने समर्थकको हूलले आइसल्यान्डका सडकहरू भरिएका थिए।
टोली स्वदेश फर्कनासाथ हजारौं समर्थकले नाराबाजी गर्दै खेलाडीको स्वागत गरे।

आइसल्यान्डले कुनै पनि ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो। युरोकप सुरु हुनुअघि खासै महत्व नदिइएको आइसल्यान्डले प्रतियोगिता अघि बढ्दै जाँदा विश्वभरका थुप्रै फुटबलप्रेमीको मन जित्न सफल भएको थियो।

 

आइसल्यान्डले प्रतियोगिताको पहिलो खेलबाटै सनसनीपूर्ण प्रदर्शन गरेको थियो। समूहगत चरणको सुरुआती दुई खेलमा पोर्चुगल र हंगेरीलाई १-१ गोलको बराबरीमा रोकेको आइसल्यान्डले समूहगत चरणको अन्तिम खेलमा भने अस्ट्रियालाई २-१ गोलले हराएको थियो।

प्रिक्वार्टरफाइनलमा आइसल्यान्डले झनै उत्कृष्ट प्रदर्शन गर्दै बलियो टोली इङ्ल्यान्डलाई निर्धारित समयभित्रै २-१ गोलले स्तब्ध पारेको थियो।क्वार्टरफाइनलमा भने आइसल्यान्ड घरेलु टोली फ्रान्ससँग ५-२ गोलले पराजित भयो।

सेमिफाइनलमा पुग्न नसके पनि आइसल्यान्डका जनता र फुटबलप्रेमीलाई अहिले टोलीले युरोकप जिते सरह भएको छ।त्यसैले त टोलीको समर्थन गर्न आइसल्यान्डका जनता मन खोलेर सडकमा ओर्लिए, आफ्ना खेलाडीसँग तस्बिर खिचाए, खेलाडीको अटोग्राफ लिए अनि आगामी खेलमा अझ स्तरीय प्रदर्शन गर्न खेलाडीको मनोबल पनि उच्च बनाए।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.