'झलकको 'भूमि किसान र राज्य'

काठमाडौं: टिप्पणीकार तथा उपन्यासकार झलक सुवेदीको भूमिसम्बन्धी कृति ‘भूमि, किसान र राज्य' बजारमा आएको छ। पुस्तकको विमोचन गान्धी पिस फाउन्डेसनका पूर्वउपाध्यक्ष राजागोपालन भीपी र मानवशास्त्री जनक राईले संयुक्त रूपमा गरेका हुन्।
पुस्तकमाथि टिप्पणी गर्दै राजागोपालनले आफ्नो हृदयमा भएको विषय भूमिमाथि पुस्तक लेखेकोमा सुवेदीलाई धन्यवाद दिए। उनले भने, ‘लाखौं मानिसको पहिचान, सुरक्षा र आत्मसम्मानसँग जोडिएको भूमिलाई राज्यसँग जोडिदिएकाले म खुसी छु। पुस्तकले भूमिलाई फेरि बहसमा ल्याउने प्रयास गरेको छ।'
पुस्तकमाथि टिप्पणी गर्दैै राईले सानो, चिटिक्क पुस्तकले गहन विषय सरल भाषामा उठान गरेको बताए। ‘आदिवासीहरूको भूमिसँगको अन्योन्या िश्रत सम्बन्ध कसरी परिवर्तन हुँदै गयो भन्ने राम्रो चित्रण पुस्तकमा छ। भूमिआन्दोलनको पीडालाई बुझ्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ', राईले भने।
राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरुङजस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा पुस्तक तयार पारिएको लेखक सुवेदीले बताए।
पुस्तकमा बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानको पीडा चित्रण गरिएको छ। फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय ५० रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !
