वेल्सका खेलाडीमाथि क्लबहरूको आँखा

वेल्सका खेलाडीमाथि क्लबहरूको आँखा

पेरिसः जारी युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेका वेल्सका प्रभावशाली मिडफिल्डर हल रोब्सन कानु अहिले विश्वका चर्चित क्लबको आँखामा परेका छन्।

युरोकपमा पहिलोपटक सहभागिता जनाएको वेल्सलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कानुलाई अहिले युरोपका विभिन्न फुटबल क्लबबाट अनुबन्धनको प्रस्ताव आएको छ ।

कानुले युरोकपको क्वार्टरफाइनल खेलमा बेल्जियमविरुद्ध उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाएका थिए।

वेल्जियमविरुद्धको खेलमा उनले तीन रक्षकलाई छक्याउँदै गरेको गोलले विश्वभर चर्चा बटुल्यो। उनी खेलको म्यान अफ दी म्याचसमेत बनेका थिए। उक्त खेलमा वेल्सले वेल्जियमलाई ३-१ गोलले हराएको थियो ।

२७ वर्षीय कानु अहिले क्लबविहीन अवस्थामा छन्। युरोकपमा सनसनी मच्चाएका कानु सन् २०१५÷२०१६ को सिजनको अन्त्यसँगै इङ्लिस प्रिमियर लिग क्लब रिडिङबाट बाहिरिएका थिए। बेल्जियमसँगको खेलमा नायक बनेका कानुले युरोकपमा महत्वपूर्ण दुई गोल गरेका छन्।

अनुशासित खेलाडी हुनु उनको अर्को विष्ोशता हो। ‘युरोकपमा वेल्सको सफलतासँगै मेरो पनि दिन सुरु भएजस्तो लाग्छ। मलाई अहिले विश्वभरका क्लबबाट फुटबल खेल्ने प्रस्ताव आएको छ।

मैले प्रिमियर लिगमै खेल्नुपर्छ भने पनि अहिले कुनै विशेष योजना बनाइसकेको छैन। युरोकपको उपाधि जितेर देश फर्कन पाइयो भने त्यो नै ठूलो सफलता हुनेछ’, कानु भन्छन् ।

युरोकपपछि प्रिमियर लिगको राम्रो क्लबको अफरलाई आफूले स्वीकार गर्ने संकेत उनले गरेका छन्। युरोकपअघि समेत राम्रो प्रस्ताव आएको भए पनि आफूले युरोकपपछि नै यसबारेमा सोच्ने उनले बताए।

इङ्ल्यान्ड युवा टोलीका पूर्वखेलाडी कानुले युरोकपमा स्लोभाकियाविरुद्धको पहिलो खेलमा पनि निर्णायक गोल गरेका थिए। जारी युरोकपमा कानुको सानदार प्रदर्शनबाट टोलीका प्रशिक्षक क्रिस कोलम्यान पनि दंग छन् ।

‘कानु मैदानमा कडा मेहनत गर्ने खेलाडी हुन्। टोलीमा अनुशासनभित्र रहेर खेल्ने उनको अद्भुत क्षमता छ। कानुको प्रदर्शनले वेल्सको फुटबलमा छिट्टै परिवर्तन ल्याएको छ।

युरोकपमा कानुले आफूलाई वास्तविक रूपमा परिणत गरेर देखाएका छन्’, प्रशिक्षक क्रिसले भनेका छन्। वेल्सका लागि ३४ वटा खेल खेलिसकेका कानुले अहिलेसम्म चारवटा गोल गरेका छन् ।

क्लब फुटबलमा रिडिङका लागि गत सिजन ३५ खेल खेलेका उनले पाँच गोल गरेका थिए। उनले सन् २००७ देखि इङ्ल्यान्डको यू-१९ टोलीबाट राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए।

कानुमात्र होइन, वेल्सका अन्य खेलाडीमाथि पनि अहिले इङ्लिस क्लबहरूले आँखा लगाएका छन्। जारी युरोकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको वेल्सको यो ऐतिहासिक सफलता हो। वेल्स कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलोपटक हो ।

पहिलोपटक युरोकपमा सहभागी भइरहेको वेल्स यसअघि एकपटकमात्र विश्वकप खेल्ने क्रममा सन् १९५८ को संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।

समूहगत चरणमा इङ्ल्यान्डसँग उत्कृष्ट प्रदर्शन गरे पनि २-१ गोलले पराजित भएको वेल्सले स्लोभाकियालाई २-१ गोलले हराएको थियो। वेल्सले समूहगत चरणको अन्तिम खेलमा भने रुसलाई ३-० गोलले पराजित गरेको थियो।

वेल्स सन् १९९२ पछि युरोकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ। सेमिफाइनलमा वेल्सले पोर्चुगलको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.