‘युरोकप जर्मनीले जितोस्

‘युरोकप जर्मनीले जितोस्

बालगोपाल महर्जन
युरोकपमा निकै माथिल्लो स्तरको खेल भइरहेको छ । नाम चलेका टोलीले हार खेपेका छन् । यस पटक वेल्स र आइसल्यान्डले धेरै राम्रो खेल खेले ।

वेल्स सेमिफाइनलमा पुगेकोले उसको प्रदर्शन सबै कोणबाट राम्रो रह्यो । वेल्स सन्तुलित देखिएको छ । निर्धारित समयमै गोल गर्न सक्नु वेल्सको विशेषता हो ।

पोर्चुगलसँग वेल्सलाई अहिले तुलना गर्दा वेल्स नै राम्रो छ । युरोकप अघिसम्म वेल्स नचिनेको र नसुनेको टोली हो । तर छोटो अवधिमै वेल्सले आफूलाई प्रमाणित गरेर देखाएको छ ।

वेल्सको फुटबल खेल्नै शैली पनि राम्रो छ । रक्षापंंक्ति, मिडफिल्ड र स्ट्राइकिङ लाइन सबै उत्कृष्ट देखिन्छ । बल पोसेसन र काउन्टर आक्रमण पनि वेल्सको निकै राम्रो छ ।

मोर्डन फुटबल खेल्ने तरिकालाई वेल्सले राम्रोसँग पछ्याएको जस्तो लाग्छ। पोर्चुगल पनि नराम्रो टोली होइन । तर उसले समूहगत चरणदेखि नै त्यति राम्रो खेलिरहेको छैन ।

सबै खेलको निर्धारित समयमा बराबरी गर्ने र पेनाल्टीमा दबाबबीच जित्ने उसको बानीजस्तै देखियो । सेमिफाइनलमा पोर्चुगललाई त्यति सहज होला जस्तो लाग्दैन ।

अर्को सेमिफाइनल खेल्ने जर्मनी र फ्रान्स दुवै बराबर हैसियतका बलिया टोली हुन् । जर्मन टोलीका स्ट्राइकर मारियो गोमेज घाइते भएकाले केही गाह्रो हुन सक्छ । तर युरोकपमा मलाई मनपर्ने टोली जर्मनी हो । म सानैदेखि जर्मनको समर्थक हुँ ।

जर्मन प्रशिक्षकसँग फुटबल सिकेको र जर्मन सरकारले नेपाली फुटबललाई सहयोग गरेको हिसाबले पनि पहिल्यैदेखि मैले जर्मनलाई समर्थन गरेको छु ।

विश्वकपपछि जर्मनको पेस भने केही घटेको जस्तो देखिन्छ । तर पनि टोलीमा अनुभवी खेलाडीको कमी छैन । विश्वकप जितेको जर्मनीको मनोबल उच्च हुनु स्वाभाविक हो ।

इटालीलाई हराएपछि जर्मनीको सम्भावना बढेको छ । सेमिफाइनलमा जर्मनीले फ्रान्ससँग खेल्नुपर्ने भएकाले नतिजा रहस्यमय हुनेछ । घरेलु मैदान र समर्थकको साथमात्र होइन फ्रान्सले धेरै राम्रो पनि खेलिरहेको छ।

व्यक्तिगत खेलभन्दा पनि फ्रान्सको टिम गेम उच्च स्तरको छ । तर म जर्मनीले जितेको देख्न चाहन्छु । (बालगोपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.