ब्राजिलमा स्वाइन फ्लुको प्रकोप

ब्राजिलमा स्वाइन फ्लुको प्रकोप

ब्रासिलियाः ब्राजिलमा श्वासप्रश्वासमा हुने घातक संक्रमण, स्वाइन फ्लुको प्रकोप बढेको छ। यसविरुद्धको सतर्कताका लागि ब्राजिल सरकारले आग्रह गरेको छ।

ब्राजिल सरकारले सूचना जारी गरी सर्वसाधारणलाई यस्तो संक्रमणबाट सतर्क रहन आग्रह गरेको छ।

प्राप्त पछिल्लो समाचारअनुसार सन् २०१६ मा ब्राजिलमा मात्र स्वाइन फ्लुबाट कम्तीमा पनि ८ सय ८६ नागरिकको ज्यान गएको छ। यस वर्ष पनि यसको प्रकोप बढ्ने देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यो वर्षलागेपछि पनि यस संक्रमणको प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरूले जनाएका थिए।

उनीहरूका अनुसार यस संक्रमणबाट यति छोटो समयमै यति धेरै नागरिक मारिएका बताइएको छ। ब्राजिलको स्वास्थ्य विभागले गत सातामात्र प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात् एचवान एनवान भाइरसको प्रकोप बढ्दो मात्रामा रहेको देखिएको छ। यस संक्रमणबाट हाल पनि नागरिकको ज्यान गएको छ।

प्रतिवेदनले ४ हजार ५ सय ८१ जनामा यस संक्रमणको प्रकोप देखिइएको पनि जनाएको छ। यो श्वासप्रश्वासमा हुने रोग हो।

सन् २०१६ मा यस प्रकोपबाट ९३ जनाको ज्यान गएको पनि रिपोर्टमा उल्लेख छ। गत सातामात्र पनि ६ सयभन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन्। यसको संक्रमण दर निकै बढ्दै गएकाले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.