प्रेमिका हत्यामा पिस्टोरियसलाई ६ वर्ष जेल

प्रेमिका हत्यामा पिस्टोरियसलाई ६ वर्ष जेल

जोहानेसबर्ग: प्रेमिका हत्याको अभियोगमा अदालतले दोषी ठहर गर्दै चर्चित पारा ओलम्पियन ओस्कर पिस्टोरियसलाई बुधबार ६ वर्ष जेल सजायको फैसला सुनाएको छ।

'ब्लेड रनर' का रूपमा परिचित यी दक्षिण अफ्रिकी खेलाडीले सन् २०१३ मा आफ्नी प्रेमिका रिभा स्टिनक्याम्पको हत्या गरेको आरोप लागेको थियो। पारा ओलम्पिक र गृष्मकालीन ओलम्पिक दुवै खेल्ने विश्वकै एकमात्र खेलाडीको कीर्तिमान बनाएका पिस्टोरियसले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका थिए।

करिब तीन वर्षको कानुनी प्रक्रियापछि अदालतले पिस्टोरियसबारे यस्तो निर्णय सुनाएको हो । पिस्टोरियसका वकिलले अदालतको उक्त निर्णयविरुद्घ पुनरावेदन नगर्ने बताएका छन्। यसको अर्थ उनी अब जेल जानेछन्। २९ वर्षीय पिस्टोरियसले सन् २०१३ को फेब्रुअरीमा प्रेमिका स्टिनक्याम्प शौचालयमा रहेको बेला चार राउन्ड गोल प्रहार गरी हत्या गरेका थिए।

 

पिस्टोरियसले आफूले गोली प्रहार गरेको स्वीकार गरे पनि स्टिनक्याम्पलाई झुक्किएर लागेको बताउँदै आएका थिए। यही कारणले पनि पिस्टोरियसले निर्धारितभन्दा कम सजाय पाएका हुन्।

दक्षिण अफ्रिकामा हत्या अभियोगमा कम्तीमा १५ वर्ष जेल सजायको व्यवस्था छ। केही कानुनविद्हरूले भने पिस्टोरियसप्रति न्यायाधीश बढी भावुक भएको र सहानुभूति राखेको आरोप लगाउँदै हत्याराले निकै कम सजाय पाएको प्रतिक्रिया दिएका छन्।

तर न्यायाधीश थोकोजिल मासिपाले सबै अवस्थाको गम्भीर अध्ययन गरेर फैसला सुनाइएको बताइन्। प्रारम्भिक रूपमा पिस्टोरियसलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो।

दक्षिण अफ्रिका हत्याका घटनाहरू धेरै हुने देशको सूचीमा पर्छ। अन्तिम सुनुवाइका क्रममा पिस्टोरियस अधिकांश समय शिर निहुर्‍याएर बसेका थिए। फैसलापछि उनले रुँदै आफ्नी दिदीसँग अंकमाल गरेका थिए। पिस्टोरियसले पारा ओलम्पिकको एथलेटिक्सतर्फ स्वर्ण पदक जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.