वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

कामाठाडौंः युरोकपमा वेल्सको लोभलाग्दो प्रदर्शनलाई पूर्णविराम लगाउँदै पोर्चुगल युरोकप फुटबल प्रतियोगितको फाइनलमा पुग्न सफल भएको छ ।

पेरिसमा बिहीबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा नानी र क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगल पहिलो पटक युरोकपको उपाधि नजिक पुगेको हो ।

रियल मड्रिडका साथी खेलाडी क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको भिडन्तका रुपमा लिइएको पहिलो सेमिफाइनलमा रोनाल्डोले बाजरी मारे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा पोर्चुगलले दोस्रो हाफको तीन मिनेटमा दुई गोल गर्न सफल भयो ।

उसका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा राफाएलको पासमा कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले वेल्सको डी बक्सभित्रबाट हेडबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि पोर्चुगलले १–० को अग्रता लियो ।

रोनाल्डो पोर्चुगललाई जितको दिशातर्फ लगेको तीन मिनेट नबित्दै क्रिस्टियानो रोनाल्डोल नै मिलाइदिएको पासमा अर्का स्ट्राईकर नानीले गोल गर्दै २–० को अग्रता दिलाए ।

दोस्रो हाफको तीन मिनेटबीचमा गरेको दुई गोलले नै पोर्चुगललाई फाइनलमा पुर्याउन सफल भयो । समूह चरणमा एउटै जित ननिकाली कठिनसाथ अघि

बढेको पोर्चुगल प्रिक्वार्टरमा क्रोएसियालाई हराउँदै अघि बढेको थयो भने क्वार्टर भिडन्तमा पोल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अर्कातिर समूह चरणमा स्लोभाकिया र रसियालाई हराएको वेल्स इङ्ल्यान्डसँग मात्रै पराजित भएको थियो । वेल्सले प्रिक्वार्टरमा नेदरल्यान्डलाई र क्वार्टरमा बेल्जियमलाई पराजित सेमिफाइनलसम्म आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.