रोनाल्डोले भेट्टाए प्लाटिनीको कीर्तिमान

रोनाल्डोले भेट्टाए प्लाटिनीको कीर्तिमान

काठमाडौंः फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरेका छन्।

वेल्सविरुद्धको सेमिफाइनल भिडन्तमा रोनाल्डाले हेड गोल गर्दै प्लाटिनीले युरोकपमा फा्रन्सका लागि गरेको सर्वाधिक नौ गोलको रेकर्ड बराबरी गरेका हुन् ।
समूह चरणको भिडन्तमा हंगेरीविरुद्ध २ गोल गरेका रोनाल्डोले वेल्सविरुद्ध १ गोल गर्दै प्लाटिनीको कीर्तिमान भेट्टाएका हुन् ।

प्लाटिनीले सन् १९८४ मा भएको युरोकपको जम्मा ५ खेलबाटै ९ गोलको रेकर्ड बनाएका थिए भने रोनाल्डोले उनको कीर्तिमान भेट्न चार युरोकपका २० खेल खेल्नुपर्यो ।

जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल भिडन्तको बिजेतासँग हुने फाइनल भिडन्तमा यदि गोल गर्न सफल भए भने रोनाल्डो युरोपियन प्रतियोगितामा सर्वाधिक १० गोल गर्ने खेलाडी हुनेछन् ।

हंगेरीविरुद्ध गोल गरेपछि रोनाल्डो युरोकपका चार सिजनमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी भएका थिए । उनले २००४, २००८, २०१२ र २०१६ को युरोकपमा गोल गर्दै अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

त्यसैगरी पोर्चुगलबाट युरोकपका २० वटा खेल खेल्ने पहिलो खेलाडी पनि रोनाल्डो नै बनेका छन् । उनले हंगेरीविरुद्धको समूह चरणमा ३–३ मा टुंगिएको हंगेरीविरुद्धको खेलमै युरोकपको १७ वटा खेलको रेकर्ड बनाएका थिए ।

रोनाल्डोकै नाम युरोकपका तीनवटा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो पोर्चुगिज खेलाडीको कीर्तिमान पनि लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.