टुर गाइडलाई व्यावसायीक दक्षता प्रदानमा जोड
![टुर गाइडलाई व्यावसायीक दक्षता प्रदानमा जोड](https://annapurnapost.prixacdn.net/media/albums/577e33869ae514.44210286_JGBbD9beVC.jpg)
काठमाडौं: पथ प्रदर्शकको छाता संगठन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले टुर गाइडको व्यावसायिक दक्षता बढाउनुपर्नेमा जोड दिएको छ।
टुर्गानले मंगलबार सम्पन्न गरेको राष्ट्रिय टुरगाइड सम्मेलनमार्फत यस्तो आग्रह गरेको हो । सम्मेलनमा नेपालभरका डेढ सय टर गाइड सहभागी थिए।
गाइडको व्यावसायिक दक्षता भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले पर्यटन क्षेत्रलाई दिगो बनाइराख्न पथप्रदर्शकहरूको बिमा, दक्ष बनाउन आवश्यक तालिम, पुरातात्विक सम्पदाको ज्ञानसहितका विषयलाई प्राथमिकताका साथ उठान गरेको छ।
सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गाइडहरूको व्यावसायिकताले पर्यटन क्षेत्रकै विकासमा सहयोग पुग्ने बताए । टुर्गानले नै यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए।
टुर्गानका अध्यक्ष नगेन्द्र चन्दले पथप्रदर्शकहरूको शिक्षा प्रणालीमा सुधार गरेर गाइड उत्पादनमा एकरूपता ल्याउन आवश्यक रहेको बताए । टुर गाइडको व्यावसायिक दक्षताले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै लाभ हुने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)