जर्मनीसँग बदला लिँदै फ्रान्स युरोकपको फाइनलमा

जर्मनीसँग बदला लिँदै फ्रान्स युरोकपको फाइनलमा

काठमाडौंः जर्मनीसँग ब्राजिल विश्वकपमा बेहोरको हारको बदला लिँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

मार्सेमा भएको दोस्रो सेमिफाइनल भिडन्तमा एन्टेनियो ग्रिजम्यान नायक बन्दै दुई गोल गर्न सफल भएपछि फ्रान्सले विश्वविजेता जर्मनीलाई घरको बाटो देखाउँदै पोर्चुगलसँग उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको शुरुबाटै आयोजकमाथि दबाब राखेपनि जर्मनलाई उसका घाइते स्ट्राइकर मारियो गोमेजको अभाव खड्कियो ।

घरेलु भूमिमा भएको युरोकपको फाइनलमा पुर्याउने क्रममा फ्रान्सका लागि पहिलो हाफको अन्तिम समयमा एन्टेनियो ग्रिजम्यानले पेनाल्टीबाट गोल गरे ।

जर्मनीका कप्तान बास्टियन स्वाइन्सटाइगरले डी बक्सभित्र हातले बललाई हानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पेनाल्टीलाई सदुपयोग गरेका ग्रिजम्यानले जर्मन गोल रक्षक म्यानुअल नुयरलाई उल्टो दिशामा लडाउँदै जाली चुमाए । जारी युरोकपमा उनको यो पाँचौ गोल थियो ।

पहिलो हाफको अधिकांश समय जर्मनीले दबाब दिएपनि आजको खेलमा फ्रान्सका गोल रक्षक ह्युगो लोरिस उत्कृष्ट बचाऊ गरे । उनले गोल पोस्ट्मा खम्बाको काम गरिदिँदा जर्मनीले बल पोजिसन राम्रो बनाएको अवस्थामा पनि फ्रान्स जित निकाल्न सफल भयो ।

पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ७२ औं मिनेटमा पाउल पोग्बाले जर्मनीको डी बक्समा अल्मल्याएर हानेको बल नुयको हातमा लागेर रिबाउन्ड भएको अवस्थामा ग्रिजम्यानले नै गोल गर्न सफल भए ।

नुयले पञ्च गरेर अगाडि फालेको बललाई दौडेर डी बक्समा पुगेका ग्रिजम्यानले प्रहार गरी जाली चुमाउन सफल भए ।

फ्रान्सका लागि दोस्रो गोल पनि आफैंले गरेका ग्रिजम्यानले जारी युरोकपमा गोलसंख्य ६ पुर्याएका छन् । यो सँगै उनले गोल्डेन बल जित्ने सम्भावनालाई करिब पक्का बनाएका छन् ।

अब फ्रान्सले वेल्सलाई २–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलसँग आइतबार पेरिसमा उपाधिका लागि खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.