शिवराम भए सूर्य नेपालको टुर च्याम्पियन

शिवराम भए सूर्य नेपालको टुर च्याम्पियन

काठमाडौं: सूर्य नेपाल टुर च्याम्पियनसिप गल्फको उपाधि शिवराम श्रेष्ठले जितेका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार भएको फाइनल खेलमा शिवरामले प्ले अफमा रवि ख्डकालाई हराउँदै उपाधि हात पारेका हुन्।

रोचक उपाधिको छिनोफानो अतिरिक्त होलमा पुगेर गरिएको थियो। साबिक विजेता शिवरामले पार तीनको दसौं होलमा खेलाइएको प्ले अफमा रविलाई पछि पार्दै उपाधि रक्षा गरे। ७२ होलमा शिवराम र रविको समान दुई अन्डर दुई सय ८६ स्कोर भएपछि प्ले अफ खेलाइएको थियो।

बिहीबार शिवराम र रविले समान दुई अन्डर ७० खेलेका थिए। उपाधिसँगै शिवरामले एक लाख रुपैयाँ पुरस्कार पाए। उपविजेता रविले ६३ हजार रुपैयाँ पुरस्कार हात पारे। यसैगरी अन्तिम दिन तीन ओभर ७५ खेलेका भुवन नगरकोटी तेस्रो भए। उनले ४५ हजार रुपैयाँ पुरस्कार हात पारे। कुल दुई ओभर दुई सय ९० खेलेका सञ्जय लामा चौथो भए।

यसैगरी प्रतियोगितामा तीन ओभर दुई सय ९१ खेलेका रमेश अधिकारी पाँचौं, दुई सय ९३ स्कोरका साथ जयराम श्रेष्ठ छैटौं र दुई सय ९६ स्कोरका साथ दीपक थापमगर सातौं भए। दुई सय ९८ खेलेका राम मगर आठौं, तीन सय एक स्कोरका साथ रमेश नगरकोटी नवौं र तीन सय तीन स्कोरका साथ धन थापा दसौं स्थानमा आए।

 

एमेच्योरतर्फ टंकबहादुर कार्की पहिलो भए। उनले तीन ओभर दुई सय ९१ खेलेका थिए। दुई सय ९५ खेलेका तासी छिरिङ दोस्रा र तीन सय १२ खेलेका सुकबहादुर राई तेस्रो भए। चारदिने उक्त प्रतियोगितामा ३१ प्रो र १५ जना एमेच्योर खेलाडीले भाग लिएका थिए।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा ३६ होलको समाप्तिसँगै उत्कृष्ट २१ प्रो र ६ एमेच्योर थप ३६ होलको फाइनल स्पर्धाका लागि छनोट भएका थिए।कुल पाँच लाख ४० हजार सात सय ५० रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा फाइनल चरणमा पुगेका सबै प्रो खेलाडीले आकर्षक नगद पुरस्कार हात पारे।

एमेच्योरतर्फका विजेताले ट्रफीसहित गिफ्ट ह्याम्पर प्राप्त गरे। विजयी खेलाडीलाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर रजत थापालगायतले पुरस्कार वितरण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.