दीपकको गीतमा पुल डान्स

दीपकको गीतमा पुल डान्स

भक्तपुर (अन्नपूर्ण): पपगायक दीपक वज्राचार्यले बिहीबार भक्तपुरको साँगास्थित काठमाडौं फन भ्यालीमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गरी दर्शकलाई नचाएका छन्।

स्विमिङ पुलपरिसरमा आयोजित ‘दीपक वज्राचार्य कन्सर्ट'मा उनले आफ्ना गीतबाट दर्शकलाई दुई घन्टा ‘पुल डान्स' गराए । कार्यक्रममा पौडी पोखरीभरि रहेका पाँच सयभन्दा बढी दर्शक दीपकका गीतमा स्वर मिलाउँदै रमाएका थिए।

दीपकले जब आफ्नो चर्चित गीत ‘फर्केर आउने छैन, म कुनै ऋतु हैन' प्रस्तुत गर्दा उपस्थित दर्शक उत्साहित भएका थिए। दर्शकको त्यो उत्साहलाई उनले ओ अमिरा, काली काली हिस्स परेकीजस्ता लोकप्रिय गीत प्रस्तुत गरी अगाडि बढाए।

स्विमिङ कस्टममा पोखरीभरि नाचिरहेका दर्शक देखेपछि गायक वज्राचार्यले भने, 'जीवनमा धेरै कन्सर्ट गरेँ तर यसरी स्विमिङ कस्टममा यति धेरै दर्शकलाई मैले पहिलो पटक नचाउन पाएँ।' सो अवसरमा गायकद्वय सुजन माइकल श्रेष्ठ र सरोजकाजल श्रेष्ठले पनि आआफ्ना गीत गाएका थिए।

मुस्लिम समुदायको महान् चाड इदको अवसरमा दीपक वज्राचार्यको कन्सर्ट आयोजना गरिएको काठमाडौं फन भ्यालीका वरिष्ठ निर्देशक गणेशविक्रम शाहले बताए।

स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले पौडी उपयोगी भएको र यसलाई अझ प्रभावकारी बनाउन साप्ताहिक रूपमा कन्सर्ट आयोजना गर्न लागिएको पनि उनले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.