प्रभाव पार्न सक्ने खेलाडी

प्रभाव पार्न सक्ने खेलाडी

नानी (पोर्चुगल): नानी पोर्चुगलका अनुभवी खेलाडी हुन्। करिब एक दशकदेखि राष्ट्रिय टोलीमा रहँदै आएका नानीले पोर्चुगलका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

पोर्चुगलको जारी युरोकपको फाइनलमा यात्रामा पनि नानीको योगदान महत्वपूर्ण रहेको छ। उनले जारी प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेका छन। समूहगत चरणको पहिलो खेलमा आइसल्यान्डविरुद्ध सुरुवाती गोल गरेका नानीले सोही चरणको तेस्रो खेलमा हंगेरीविरुद्ध पनि टोलीका लागि गोल गरेका थिए।

नानीले बिहीबार बिहान भएको वेल्सविरुद्घको सेमिफाइनल खेलमा पनि टोलीका लागि गोल गरे। जारी प्रतियोगितामा हालसम्म पोर्चुगलका लागि नानी र कप्तान क्रिस्टियानो रोनाल्डोले समान तीनतीन गोल गरेका छन्।

 

सर्वाधिक गोलकर्ताको सूचीमा दुवै खेलाडी शीर्ष स्थानमा रहेका फ्रान्सका एन्टोइन ग्रिजम्यानभन्दा केवल एक गोलले पछाडि छन्।जारी प्रतियोगितामा नानीले दुई गोल रोनाल्डोको पासमा गरेका हुन्। सन् २००६ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा 'डेब्यु' गरेका नानीले राष्ट्रिय टोलीका लागि हालसम्म एक सय दुई खेल खेल्दै २१ गोल गरेका छन्। सन् २००७ देखि करिब आठ वर्ष इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका यी विंगरले पनि राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन्।

नानीले म्यान युनाइटेडमा तीनपटक घरेलु लिग, एकपटक युरोपियन च्याम्पियन्स लिग र एकपटक क्लब विश्वकपसहित थुप्रै उपाधि जितेका छन्। उनले पनि तेस्रो पटक युरोकप खेलिरहेका हुन्। २९ वर्षीय नानीले आगामी सिजनदेखि स्पेनिस क्लब भ्यालेन्सियाबाट व्यावसायिक फुटबल खेल्ने छन्।

खेलका क्रममा दायाँ खुट्टाको प्रयोग बढी गर्ने पाँच फिट नौ इन्च उचाइका नानी पोर्चुगलको सिनियर टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा पर्छन्।

मैदानमा सधैं कडा परिश्रम गर्न अग्रसर हुने नानी प्रशिक्षक फर्नान्डो सान्तोषले विश्वास गरेका खेलाडी पनि हुन्। नानी लगातार पहिलो रोजाइमै मैदानमा उत्रने गरेका छन्। जारी युरोकपको फाइनलमा फ्रान्स र जर्मनीमध्ये जुन टोली पुगे पनि नानी प्रतिद्वन्द्वीका लागि ठूलै टाउको दुःखाइ विषय बन्ने निश्चित छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.