पोर्चुगलले सम्भावना देखाएको छ

पोर्चुगलले सम्भावना देखाएको छ

जारी युरोकपको सुरुआतमा पोर्चुगलले निकै संघर्ष गर्नुपर्यो। समूहगत चरणका तीनवटै खेलमा बराबरीमा रोकिएको पोर्चुगल तेस्रो स्थानका टोलीमध्ये उत्कृष्ट चारभित्र अटाउँदै मुस्किलले नकआउट चरणमा पुगेको थियो।

यद्यपि प्रतियोगिताको नकआउट चरणबाट पोर्चुगलले आफ्नो प्रदर्शनमा व्यापक सुधार ल्याएको छ। सुरुमा पोर्चुगलको टिम सेट नमिलेको जस्तो देखिएको थियो। तर प्रतियोगिता अघि बढ्दै जाँदा पोर्चुगिज टोली 'सेट' देखिएको छ। खेलाडीबीच उत्कृष्ट तालमेल पनि देखिएको छ।

वेल्सविरुद्धको सेमिफाइनलमा पनि पोर्चुगिज खेलाडीबीच उत्कृष्ट तालमेल देखियो। त्यसैले पोर्चुगल जारी प्रतियोगितामै पहिलो पटक ९० मिनेटको निर्धारित समयभित्रै जित हात पार्न सफल भयो।

फाइनलमा आयोजक फ्रान्स वा विश्वकप विजेता जर्मनीमध्ये एकविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पोर्चुगललाई अझै उपाधिका लागि मुस्किल देखिएको छ। तर यस्तै सुधारिएको खेल प्रदर्शन गर्न सके पोर्चुगलको पनि उपाधि सम्भावना छ।

 

दोस्रो सेमिफाइनलअघिको अवस्थामा उपाधिको सम्भावना भने जर्मनीकै देखेको छु। जर्मनीले सन् २०१४ को विश्वकपजस्तो प्रदर्शन भने गर्न सकेको छैन। तर जर्मनीसँग क्षमतावान् खेलाडीको कमी छैन।

आयोजक फ्रान्स पनि उक्तिकै सशक्त टोली हो। घरेलु मैदानमा फ्रान्स पनि उत्तिकै बलियो छ। समग्रमा यसपटकको युरोकप निकै रोचक बनेको छ। सहभागी टोलीहरूको संख्या १६ बाट २४ पुर्याइएकाले पनि युरोकपको रौनक बढेको हो। नया“ टोलीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

यसपटक आइसल्यान्डले उत्कृष्ट प्रदर्शन गर्यो। प्रिक्वार्टरफाइनल चरणमा त आइसल्यान्डले इङ्ल्यान्डजस्तो बलियो टोलीलाई नै हरायो। यसैगरी ५७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताको मुख्य स्पर्धाका लागि छनोट भएको वेल्ससहित स्लोभाकियाले पनि उत्कृष्ट प्रदर्शन गरे।

वेल्सले त सेमिफाइनलसम्मकै यात्रा तय गर्यो। वेल्सले प्रतियोगिता अवधिभर सबैलाई मनोरञ्जन दिने गरी फुटबल खेल्यो। विशेषगरी टोलीका मुख्य स्ट्राइकर गारेथ बेलले उत्कृष्ट प्रदर्शन गरे। जारी युरोकपमै मलाई सबैभन्दा राम्रो खेल उनै बेलको लाग्यो।

(शंकर लाभा इन्टरनेसनल (एचके) लिमिटेड नेपाल ब्रान्चका मार्केटिङ म्यानेजर हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.