पेटको ट्युमरले बालिकाको ज्यान जोखिममा

पेटको ट्युमरले बालिकाको ज्यान जोखिममा

कालीकोट: जिल्लाको सिपखाना गाविसमा ३ वर्षीया बालिकाको गएको एक वर्षदेखि पेटमा पलाएको ट्युमरका कारण ज्यान नै जोखिममा रहेको छ ।

सिपखाना गाविस-२ का व्यासी दर्जीको ३ वर्षीया छोरी नेत्रा दर्जीको ज्यान जोखिममा रहेको छ।

लामो समयदेखि बिरामी देखिए पनि स्थानीय स्वस्थ्य संस्थामा जाँच गर्दा निको भएन। आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जिल्ला बाहिर लैजान नसकेको नेत्राकी आमा सुन्पुराले बताए।

सुरुवातमा पेट बढ्दै गए पछि कुपोषणका कारण बढेको हो भनेर स्वस्थ्यकर्मीले भनेपछि खानाका लागि आफूहरुले ध्यान दिएको भए पनि पछिल्लो समयमा झनझन बढ्दै गएपछि आफूहरुलाई पनि असहज भएको सुन्पुराको भनाइ रहेको छ।

 

दिनानुदिन पेट बढ्न थालेपछि फेरि चेकजाँच गर्न खोज्दा ट्युमर नै भएको भनेपछि आफूहरु छाँगाबाट झरेको जस्तो महसुस भएको उनका बाबु व्यासी दर्जीले बताए।

आफूले उपचारका लागि सहयोग गरिदिनु हुनका लागि फेसबुकमार्फत अनुरोध गरेको स्थानीय स्वस्थ्यकर्मी हंसराज न्यौपाने बताए। जिल्लास्थित विभिन्न निकायमा उपचारका लागि सहयोग माग्न बाबु आमासहित जान लागेको बताइएको छ।

गाविसले सामान्य सहयोग गर्ने भने पनि उपचारका लागि रु चारदेखि पाँच लाख लाग्न सक्ने अनुमान गरिएको परिवारले जनाएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.