युरोकपमा बदलाको सिलसिला

युरोकपमा बदलाको सिलसिला

पेरिसः खेलकुदमा बदला धेरै नै प्रयोग हुने शब्द हो । तर सबै खेलमा बदला सम्भव हुँदैन । जारी युरोकप फुटवल प्रतियोगितामा भने बदलाको सिलसिला नै चलेको छ ।

युरोकपको नक आउट चरणको खेलबाटै प्रतियोगितामा टोलीहरूबीच बदलाको सिलसिला सुरु भएको हो ।

प्रतियोगिताको सातौं प्रिक्वार्टरफाइनल खेलमा इटालीले साबिक विजेता स्पेनविरुद्ध बदला लियो । इटाली स्पेनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्यो ।

युरोकपअन्तर्गत सन् २०१२ को संस्करणको फाइनलमा स्पेनसँग ४-० गोलले पराजित भएको इटाली सन् २००८ को संस्करणको क्वार्टरफाइनलमै स्पेनसँग टाइब्रेकरमा पराजित भएको थियो ।

इटालीका लागि स्पेनविरुद्धको यस पटकको जित २२ वर्षपछिकै पहिलो हो । सन् १९९४ को विश्वकपपछि इटालीले स्पेनलाई पराजित गर्न सकेको थिएन । स्पेन लगातार तेस्रो पटक युरोकप जित्ने योजनामा थियो । तर प्रतियोगिताको क्वार्टरफाइनल चरणमा इटाली पनि पराजित हुन पुग्यो । यस पटक बदला लिने पालो थियो जर्मनीको ।

जर्मनीले इटालीलाई सडन डेथमा ६-५ गोलले हरायो । युरोकप तथा विश्वकपमा जर्मनीले इटालीलाई हराएको यो पहिलो अवसर थियो ।

तर जर्मनीको त्यो खुसी लामो समय टिकेन । प्रतियोगिताको सेमिफाइनलमा जर्मनीसग फ्रान्सले बदला लिँदै उपाधि होडबाटै बाहिर पठाएको छ ।

शुक्रबार बिहान भएको खेलमा आयोजक फ्रान्सले जर्मनीलाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको छ । यस अघि जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपमा गरी नौ पटक उपाधि होडबाट बाहिर पठाएको छ । त्यसमध्ये ६ पटक त जर्मनीले फ्रान्सलाई युरोकप र विश्वकपको सेमिफाइनलमै पराजित गरेको थियो ।

आइतबार हुने फाइनल खेलमा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा फ्रान्सलाई पराजित गर्न सकेको छैन । के फाइनलमा पनि बदलाकै नतिजा निस्केला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.