युरोकपको उर्लंदो राप

युरोकपको उर्लंदो राप

काठमाडौं: युरोकप २०१६ को फाइनल खेल नजिकिदै गर्दा नेपाली फुटबल सर्मथकको उत्साह पनि थप चुलिएको छ। सात समुन्द्र पारी भइरहेको युरोपको महादेशीय फुटबल प्रतियोगिताको महाकुम्भमा अहिले नेपाली सर्मथक पनि उत्साहका साथ सामेल भएका छन्।

रातको निन्द्रा मारेर नेपाली फुटबल सर्मथक अहिले युरो कपको मजा लिन लालायित छन्। केही समयअघि मात्र युरोकप र विश्वकपको मजा लिने जमात दश जोड दुईका विद्यार्थी र कलेजका युवा पिढिमा मात्र सिमिति थियो। युरोकपको खेलमा झुम्मिनेमा अहिले फुटबल बुझ्ने स्कुल बालबालिकादेखि उमेरले नेटो काटेका बुढासम्म तम्तयार देखिन्छन्।

फ्रान्समा जारी युरोकपको रापले अहिले नेपालका फुटबलप्रेमीलाई राम्रैसँग तताएको छ। आफुलाई मन परेको टोलीको सर्मथनमा सोही टोलीले प्रयोग गने जर्सी लगाएर मन पर्ने टोलीको सर्मथन गर्दै फुटबल हेर्नेक्रम बढेको छ।

शहरी क्षेत्रमा यो एक प्रकारको संस्कृतिकै रुपमा मौलाएको छ। 'मनपर्ने टोलीको जर्सी लगाएर फुटबल हेर्दा र सर्मथन गर्दा मनैदेखि सन्तुष्टि मिल्छ। मेरो मन पर्ने टोली पोर्चुगल हो। क्रिस्टीयानो रोनाल्डोको कारण मैले पोर्चुगललाई सर्मथन गरेको हुँ।

समुहगत चरणमा बराबरी नजिता निकाल्दै प्रिक्वार्टरफाइनलमा पुगेको पोर्चुगलले प्रिक्वार्टरमा धेरै राम्रो खेल्यो। सेमिफाइनलमा वेल्सलाई हराउन गाह्रो होला भन्ने ठानेको थियौं तर, वेल्सविरुद्धको प्रर्दशन हेर्दा पोर्चुगलले उपाधिनै जित्छ भन्ने लाग्छ,' काठमाडौं नयाँबजारका नौ बर्षीय प्रेम कायस्थले भन्छन्।

पहिलो हाफमा के हो के जस्तो देखिए पनि दोस्रो हाफको सुरुआतमै रोनाल्डोले गोल गरेपछि अव जित्छ भन्नेमा आफु ढुक्क रहेको प्रेमले बताए। प्रेम कक्षा तीनका विद्यार्थी हुन्। 'युरो कप सुरु भएदेखिनै उनलाई राम्रा टोलीको फुटबल नहेरी चिक्त बुझेन। 'फुटबल भन्दा पढाईलाइ ध्यान दिनुपर्छ।

रातको निन्द्रा मार्नु हुन्न भनेर भन्दा पनि उसले मान्दैन। राम्रो टोलीको फुटबल भनेपछि साँझ देखिनै टेलिभिजन छाड्दैन। वेल्स र पोर्चुगलबीचको सेमिफाइनल खेल हेर्न उ बेलुका देखिनै तम्तयार थियो।

 

 

दोस्रो हाफको सुरुआतमै पोर्चुगलले गोल गरेपछि प्रेमको हुटिङले टोल छिमेकका बासिन्दालाई समेत उठायो,' प्रेमका बाबु राधाकृष्ण कायस्थले अन्पूर्ण पोस्ट्सँग सँग भने। राधाकृष्णका अनुसार प्रेम फुटबल भनेपछि धेरै खुशी हुन्छन्।

प्रेमको इच्छालाई सम्बोधन गर्नका लागि उनको आवश्यकता अनुसार राधाकृष्णले पोर्चुगल टोलीले लगाउने जर्सी किनेर ल्याईदिएका छन्। पोर्चुगलको हरेक खेलमा उसले सोही जर्सी लगाएर हेर्‍यो।

छोराको इच्छा अनुसार मैले पनि उसलाई साथ दिनै पर्ने बाध्यता भयो। पोर्चुगलले फाइनलमा स्थान बनाएपछि उसको खुशीको सिमा छैन,' राधाकृष्ण भन्छन्।

प्रेम मात्र होइन काठमाडौं खुशीबुका ६२ बर्षीय सन्तोस मर्हजनलाई पनि युरो कपको माहोलले तानेको छ। सन्तोस सानैदेखि विश्व कप र युरो कपका पारखी हुन्। 'पहिला विश्व कप र युरो कपमा सेमिफाइनल र फाइनलका खेलहरु टोलका क्लबले नै ठूला पर्दामा देखाउँथे।

अहिले त क्लबले फुटबल देखाउन छाडेका छन्। यस पाला युरो कप ठूलो पर्दामा हेर्न नपाएपनि घरमै हेरिरहेको छु। विश्व कप होस् वा युरो कप मेरो मनले खाएको टोली जर्मनी हो। जर्मनी सेमिफाइनलमा पुगिसकेकोले उसैले उपाधि जित्नेमा म धुक्क छु,' सन्तोसले भने।

जर्मनीको खेल्ने तरिका अरु टोलीको भन्दा भिन्न छ। आवश्यकता अनुसार गोल गर्ने र बल छलाउने कला जर्मनको जस्तो अरु टोलीको छैन। गोल गरेपछि बल नियन्त्रणमा राख्न सक्ने क्षमता पनि जर्मनको धेरै राम्रो छ।

फुटबल जान्ने भएदेखि आफु जर्मनको सर्मथक रहेकाले यसपाला फाइनलमा जर्मनीले पोर्चुगललाई हराउनेमा म विस्वस्थ छु। दुईबर्ष अधि मात्र विश्वक कप जितेको जर्मनको आत्मविश्वाश समेत बलियो छ। जारी युरो कपमा विश्व कपको भन्दा स्तरीय खे भइरहेको छ,' सन्तोस भन्छन्।

फरक उमेरका प्रेमले पोर्चुगल र सन्तोसले जर्मनीलाई सर्मथन गरेपनि इन्द्रचोकका ४० बर्षीया प्रविण बानियाको नजरमा भने फ्रान्स बलियो छ। आयोजक राष्ट्र भएको हिसावले पनि अहिले फ्रान्सको मनोबल उच्च देखिएको छ।

शारिरिक रुपका बलियो फ्रान्स प्राविधिक दृष्टिकोणले पनि उत्तिकै बलियो रहेको उनका ठम्म्याई छ। 'सन् १९९८ को विश्व कप विजेता फ्रान्स सदावहार टोली हो। हरेक प्रतियोगितामा फ्रान्सको खेल उच्च केटीको हुन्छ।

फ्रान्सको रक्षा, मिडफिल्ड र स्ट्राइकिङमा खोट लगाउने ठाउँछैन। त्यसमाथि घरेलु मैदान र सर्मथक त उसका १२ औं खेलाडी हुन्,' प्रविण भन्छन्। प्रेम, सन्तोस र प्रविण युरो कपका प्रतिनिधि सर्मथक मात्र हुन्।

जारी युरो कपमा आफुलाई मन पर्ने टोलीको सर्मथन गर्ने र बाजी राख्नेको जमात अहिले नेपालमो ठूलो भएको छ। तारे होटलदेखि साधारण रेष्टुरेन्टसम्म रातभर युरो कप फुटबल देखाएर सर्वसाधरण फुटबल पारखीलाई मजा दिलाउनेको संख्या ह्वात्तै बढेको छ। युरो कपलाई लक्षित गरी जर्सी र खेल सामग्रीको ब्यापार ब्यवसाय गर्ने जमात पनि शहरी क्षेत्रमा बढ्दो छ।

खेलकुद सामग्री ब्यवसाय गर्नेका हाम्रो लागि युरो कप र विश्व कप एक प्रकारको पर्व नै हो, खेलकुद सामग्री ब्यवसायी जनक न्यौपाने भन्छन्। सुन्धारा स्थित चाइना टाउनमा आरजे स्पोर्टस नामम पसल सञ्चाल गर्दै आएका जनकले युरो कपमा जर्मनी, इटाली, इङ्ल्यान्ड र स्पेनको जर्सी सर्वाधिक विक्रि भएको बताए।

'इङ्ल्यान्डको जर्सी सर्वाधिक विक्रि भइरहेको थियो। समुह चरणदेखि सर्वसाधारणको माग पुर्‍याउन गाह्रो भइरहेको थियो। यदि इङ्ल्यान्ड फाइनलमा पुगेको भए। आगामी विश्वकप सम्मका लागि अहिलेको ब्यापारले नै रमाइलो हुने थियो,' जनक भन्छन्।

युरो कपमा एउटै परिवारका सदस्यमा पनि बुबा जर्मन, आमा फ्रान्स र छोरा पोर्चुगलको सर्मथन गर्ने र सोही अनुसार जर्सी खरिद गर्ने गरेका छन्। अहिले जर्मनीको जर्सी मगाउने सर्मथको माग थेग्न साह्रै गाह्रो भइरहेको छ,' जनक भन्छन्।

जारी युरो कपमा सहभागी २४ देशले सहभागिता जनाएका थिए। यो आलेख तयार पारुन्जेल पोर्चूगल वेल्स्लाई २-० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ। दोस्रो सेमिफाइनलमा आयोजा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।

फ्रान्सलाई आयोजक राष्ट्रको फाइदा भएपनि प्रदर्शनका हिसावले जर्मन उत्कृष्ट रहेको धेरैको ठम्म्याई छ। युरो कपको राप बढ्दै जाँदा अधिकांश नेपालीको सर्मथन जर्मनीको पक्षमा देखिएको छ।

विश्व कप होस् वा युरो कप हरेक समय जर्मनीको सर्मथन गर्दै आएका गोरखाका विकाश श्रेष्ठ यस पाला जर्मनीले जितेर छाड्ने दावी गर्छन्। 'जर्मनको फुटबल माहोल आफैमा विशिष्ट छ।

'विश्वकप विजेता भएकोले मात्र होइन जर्मन विश्वकै फुटबल संस्कृति भएको राष्ट्र हो। इटालीसँगको खेल विर्सने हो भने यसपटक जर्मनीको जस्तो खेल अरु कुनै देशले खेलेका छैनन्। मारियो गोमेज घाइतेका कारण बाहिरिपनि जर्मनीमा एक सय एक खेलाडी छन्। जर्मनीको खेल्ने शैली नै बेजोड छ। म चार बर्ष जर्मनका बसेर आएको हुँ।

ब्राजिलको विश्व कपमा जर्मनको सडक पूरै फुटबल मय भएको थियो। त्यहाँका जनताले फुटबलमो मजा के हो भन्ने बास्तविक बुझेका छन्। सोही अनुसार जर्मनी खेलाडीले पनि देश र टोलीका लागि ज्यान दिएर खेल्ने गर्छन्। नेपालमा पनि जर्मनीको सर्मथक धेरै छन्।

यसपाला जर्मनीले युरो कप लैजानेमा म विश्वस्थ छु,' विकाशले ठोकुवा गरे। युरो कप २०१६ को चर्चासँगै अशिहले राजधानीका घर, टोल, विभिन्न क्याफे र होटलमा समेत युरो कपले माहोल बढाएको छ।

आफुले सर्मथन गरेको टोली पक्षमा ठूलो धनराशी बाजी लगाउने चलन बढ्दो छ। सर्मथन गरेको टीलीले गाल हान्नासाथ गोल, गोल। गोल....हुटिङ गर्दै छिमेकीको निन्द्र विथोल्ने जमात बढ्दै गएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.