सर्वोच्च बारमा लोकतान्त्रिकका अध्यक्ष दाहाल विजयी
काठमाडौं: सर्वोच्च अदालत बार एशोसियशनको शनिबार सम्पन्न निर्वाचनमा लोकतन्त्रवादी समूहका अध्यक्ष उम्मेदवार शैलेन्द्र कुमार दाहाल विजयी भएका छन्।
दाहालले दुई सय ९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी रामप्रसाद भण्डारीले दुई सय ४३ मत प्राप्त गरे। उपाध्यक्षमा प्रगतिशिलका नारायणप्रसाद प्रसाईले दुई सय ७८ मत, सचिमामा लोकतन्त्रिकका बिष्णु लुईटेलले दुई सय ८३, सह-सचिवमा प्रगतिशीलका अन्जु उप्रेति ढकालले तीन सय २० र कोषध्यक्षमा प्रगतशीलका जगतबहादुर कार्कीले दुई सय ८० मत पाप्तगरी विजयी भए।
यस्तै सदस्यहरुमा मोहम्मोद शेख अब्वास, राम राउत, र्धिजराज पोखरेल, द्रोणप्रसाद दाहाल, गिता अर्याल, श्रवण कुमार चौधरी, श्रुति रेग्मी, नारायणप्रसाद भट्टराई र अवतार न्यौपाने विजयी भए। यसैगरी महिला सदस्यमा लक्ष्मी पोखरेल विजयी भएकी छन्।
अध्यक्ष, सचिब लगायत पाँच पदमा लोकतन्त्रवादी र १० पदमा प्रगतिशिल पक्षले विजयी हासिल गरे।