‘करिब २४ हजार शिक्षकको पदपूर्ति छिट्टै’

‘करिब २४ हजार शिक्षकको पदपूर्ति छिट्टै’

काठमाडौं: शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकभर करिब २४ हजार शिक्षकको दरबन्दी खाली रहेकाले छिट्टै पदपूर्ति गरिने बताएका छन् ।

संसद्को शनिबार बसेको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्री पोखरेलले भने, ‘मुलुकभर २३ हजार ९ सय शिक्षकको दरबन्दी रिक्त छ । तीमध्ये अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक छन् ।’

रिक्त शिक्षक नियुक्तिका लागि शिक्षा मन्त्रालयले छिट्टै दरबन्दी पूर्तिमा पहल गर्ने मन्त्री पोखरेलले बताए । ‘हामीले रिक्त दरबन्द पूर्ति गर्ने विषयमा सोच बनाइरहेका छौं । धेरै शिक्षक हामीलाई अंग्रेजी, गणित र विज्ञान विषयका आवश्यक छ ।’

शिक्षामन्त्री पोखरेलले शिक्षा ऐन बनाउन सहयोग पुर्‌याउने व्यक्तिहरूलाई धन्यवाद पनि दिए । शिक्षा ऐनले सहकारीमा लगेर सिन्डिकेट नगरिएको दाबी उनले गरे ।

बैठकमा श्रम तथा रोजगारमन्त्री दीपक बोहराले खाडीसहितका विभिन्न मुलुकमा रोजगारीमा जाने कामदारका सम्बन्धमा फ्रि भिसा र फ्रि टिकटको प्रावधान फिर्ता लिने सरकारको कुनै योजना नरहेको बताए । फ्रि भिसा र फ्रि टिकटको प्रावधानविपरीत कामदारसँग धेरै रकम लिने म्यानपावर कम्पनीलाई कारबाही गर्र्न कानुन ल्याउन लागेको उनले बताए ।

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधनस्रोतको प्रयोग गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.