युरोकप उपाधि पोर्चुगलले जितोस्

युरोकप उपाधि पोर्चुगलले जितोस्

राजुकाजी शाक्य
युरोकपको स्तर यसपटक धेरै माथि पुगेको छ । टोलीको गेम प्लान र खेल्ने शैलीमा विगतभन्दा धेरै परिवर्तन भएको देखिन्छ ।

खेलाडीको फिजिकल फिटनेस र काउन्टर प्रहारमा गोल गर्ने क्षमतामा समेत धेरै परिवर्तन भएको छ । नकआउट चरणमा नसोचेका टोलीले हार ब्यहोरे। अगाडिको खेल हेर्दा जर्मनीले जित्ला भन्ने लाग्थ्यो । तर, फ्रान्ससँग जर्मनीले राम्रो खेले पनि गोल गर्न सकेन ।

फुटबलको आँखा हुँदैन । जसले बढी गोल गर्‍यो त्यही टोलीले जित्ने भएकाले नतिजा कहिलेकाहीँ नसोचेको टोलीमा जान्छ ।

पोर्चुगल समूहगत चरणका सबै खेलेर बराबरी खेलेर पनि फाइनलसम्म आइपुगेको छ । भाग्यले पनि उसलाई साथ दिएको हो कि जस्तो लाग्छ । फाइनलमा जित्यो भने पनि आश्चर्य हुनेछैन ।

युरोकप पोर्चुगलले जिते त्यो विषेष हुने छ । क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीको टोलीले एकपटक युरोकप जितेमा झनै उत्साह बढ्ने देखिन्छ । विश्वले मन पराएको खेलाडीको टोलीले ठूलो उपाधि जित्नु राम्रो पनि हो। पोर्चुगल सामान्य खेल प्रदर्शन गर्दै अगाडि बढिरहेको छ ।

मैले यसपटक पोर्चुगलको नै समर्थन गरेको छु । रोनाल्डोको खेल्ने तरिका मलाई धेरै मन पर्छ । पोर्चुगलमा राम्रा र अनुभवी खेलाडी छन् । रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिमा पनि पोर्चुगल राम्रै छ ।

रोनाल्डोले देशका लागि आफूलाई प्रमाणित गरेर देखाउने बेला आएको छ । पोर्चुगललाई उपाधि दिलाउन सके भने उनको उचाइ थप चुलिनेछ ।

आयोजकको हिसाबले मात्र होइन फाइनलमा फ्रान्स धेरै राम्रो टोली हो । घरेलु मैदान र दर्शकको समर्थन उसको दोस्रो हतियार हो । खेलका हिसाबले फ्रान्स धेरै राम्रो देखिएको छ ।

डिफेन्सिभ र काउन्टर प्रहार उसको धेरै राम्रो छ । जर्मनजस्तो बलियो टोलीलाई पन्छाएर फाइनलमा पुगेको फ्रान्स पोर्चुगलको तुलनामा धेरै राम्रो छ । एक प्रकारले भन्ने हो भने फ्रान्सको पल्लाभारी नै देखिन्छ । तर, मैले अगाडि नै भनेँ, फुटबलको आँखा हुन्न । नतिजा जसको पक्षमा पनि जाने हुँदा फाइनल खेल दुवैका लागि ५०÷५० को अवस्थामा छ ।(शाक्य राष्ट्रिय टोलीका प्रशिक्षक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.