युरोकप फाइनलमा प्रभाव पार्नसक्ने खेलाडी

युरोकप फाइनलमा प्रभाव पार्नसक्ने खेलाडी

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
पोर्चुगलको फाइनल यात्रामा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको भूमिका विशेष रह्यो । उनले आवश्यक समयमा टोलीका लागि गोल गरे, त्यसैले पोर्चुगल अगाडि बढ्यो । जारी संस्करणमा रोनाल्डोले तीन गोल गरेका छन्, केही गोलमा एसिस्ट पनि गरे ।

यी ३१ वर्षीय फुटबलरले व्यावसायिक खेल जीवनमा सम्पूर्ण सफलता हात पारे पनि सिनियर राष्ट्रिय टोलीका लागि १३ वर्षयता खेले पनि उपाधि जित्न सकेका छैनन् ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न नसके पनि क्लब फुटबलकै प्रदर्शनले उनी तीनपटक फिफा वर्ष खेलाडी बनिसकेका छन् । रोनाल्डोले पोर्चुगलका लागि उपाधि जित्ने सपना बारम्बार सुनाउँदै आएका छन् । यसै वर्ष आफ्नो क्लब रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन बनाएका रोनाल्डो फाइनलमा सबैभन्दा आकर्षणको केन्द्रमा रहनेछन् ।

उनी राष्ट्रिय टोलीका कप्तान र सर्वाधिक गोलकर्तासमेत हुन् । युरोकपका चार संस्करणमा गोल गर्ने एक्लो खेलाडी हुन् भने युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा मिचेल प्लाटिनीको कीर्तिमान बराबरी पनि गरेका छन् ।

एन्टोइन ग्रिजम्यान (फ्रान्स)
जारी युरोकपमा अनुमान गरिएभन्दा बढी चर्चामा आएका स्ट्राइकर हुन्, एन्टोइन ग्रिजम्यान । उनले जारी प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका छन् । प्रिक्वार्टरफाइनलमा आयरल्यान्ड र सेमिफाइनलमा जर्मनीविरुद्ध उनले दुईदुई गोल गरेका थिए ।

यी २६ वर्षीय खेलाडी पछिल्ला केही वर्षयता उत्कृष्ट लयमा छन् । लगातारको उत्कृष्ट लयकै कारण फाइनलमा उनी महत्वपुर्ण बन्न सक्नेछन् र पोर्चुगललाई टाउको दुखाइ पनि ।

दुई वर्षअघिमात्र सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका ग्रिजम्यानले त्यसयता राष्ट्रिय टोलीको जर्सीमा ३३ खेल खेल्दै १३ गोल गरेका छन् । सन् २०१४ मा एट्लेटिको म्याड्रिडका लागि खेलेयता उनले यो क्लबका लागि एक सय सात खेलमा ५७ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.