फुटबल स्टार पेले ७५ वर्षमा तेस्रोपटक बेहुलो बन्ने !!

फुटबल स्टार पेले ७५ वर्षमा तेस्रोपटक बेहुलो बन्ने !!

रियो दि जेनेरियो: विश्व फुटबल महान् खेलाडी पेलेको खेल जीवनलाई लिएर अनेक किस्सा बनेका छन् । ती अधिकांश किस्सामा पेलेको फुटबल क्षमताको प्रतिविम्ब देखिन्छ । उमेरले करिब आठ दशक छुन लागेका पेलेको खेलाडी जीवन र उनको क्षमताको चर्चा अझैसम्म भइरहेकै छ ।

तर तिनै ब्राजिलियन फुटबलर पेले यतिबेला फरक सन्दर्भमा चर्चामा छन् । ७५ वर्षको उमेरमा विवाह गर्न लागेपछि यी महान् फुटबलर गैरखेलकुद विषयले चर्चामा आएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारका अनुसार तेस्रो पत्नीका रूपमा पेलेले ५० वर्षीया जापानी महिलासँग चाँडै नै विवाह गर्ने भएका छन् । पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको यो विवाहको मिति सरेको बताइएको छ ।

समाचार एजेन्सीहरूमा जनाइएअनुसार पेले ती जापानी महिलासँग विगत ६ वर्षदेखिसँगै बस्दै आएका छन् । अघिल्ला दुई श्रीमतीबाट पेलेका पाँच सन्तान छन् । पेलेको पहिलो श्रीमती रोसमेरी चोल्बीबाट तीन र दोस्रो श्रीमती आसिरिया नासिमेन्तोबाट दुई सन्तान छन् ।

पेलेको पहिलो श्रीमतीसँग १२ र दोस्री श्रीमतीसँग १४ वर्ष वैवाहिक जीवन टिकेको थियो । पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि जिताएका थिए । खेलाडी जीवनमा गोल मेसिनको उपनाम पाएका पेलेले १४ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा ब्राजिलका लागि ९१ खेल खेल्दै ७७ गोल गरेका थिए ।

 

पेलेकी जेठी छोरी केली क्रिस्टिना ४९ वर्षकी भइन् । पेलेको दोस्रो श्रीमती नासिमेन्तोसँग सन् २००८ मा सम्बन्धविच्छेद भएको थियो । अनौपचारिक सम्बन्धबाट पेलेका कम्तीमा अन्य दुई सन्तान पनि जन्मिएका थिए ।

सन् १९६४ मा एक घरेलु कामदारबाट जन्मिएकी सान्द्रा माचाडोलाई पेलेले अस्वीकार गरे पनि कानुनी लडाइँ र परीक्षणपछि उनी पेलेकै छोरी भएको पुष्टि भएको थियो । सन् २००६ मा सान्द्राको निधन भए पनि पेलेले अझै उनी र उनका सन्तानसँगको सम्बन्धलाई स्वीकार गरेका छैनन् ।

पत्रकार मार्सिया आकोईसँगको सम्बन्धबाट जन्मिएकी छोरीलाई भने पेलेले स्वीकार गरेका छन् । ब्राजिलमा मेडिकल सामग्रीको आयातनिर्यातको व्यापार गर्दै आएकी जापानी महिला मार्सिया आओकीसँग विवाह गर्ने जमर्को पेलेले दुई वर्षअघि नै गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.