फ्रान्स हारेपछि पेरिसमा भाँडभैलो, ४० पक्राउ

फ्रान्स हारेपछि पेरिसमा भाँडभैलो, ४० पक्राउ

पेरिस: युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।

ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए ।

त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगलका समर्थकहरुको भिड लागेको थियो ।

उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेलमैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए ।

ती प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए ।

 

त्यस क्रममा हिंसा भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि पनि फ्रान्समा अघिल्लो वर्ष भएका आतङ्ककारी हमलाका कारण दशौँ हजार मानिस जम्मा हुने यस युरोकप फुटबलका लागि शान्ति सुरक्षाको विशेष प्रबन्ध गरिएको थियो ।

ठूलो सङ्ख्याका सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको थियो । जसका कारण पनि कुनै प्रकारको हिंसा हुन पाएन ।

तर खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.