जसलाई टाटु र कपालले चर्चामा ल्यायो

जसलाई टाटु र कपालले चर्चामा ल्यायो

पेरिस: फ्रान्समा सोमबार बिहान सम्पन्न युरोकपमा सहभागी २४ राष्ट्रका खेलाडीले आआफ्नो टोलीका लागि मैदानमा पसिना बगाए।

केही खेलाडीले आफ्नो उत्कृष्ट खेल शैलीले प्रशंसकको मन जिते भने केही खेलाडीले आफ्नो छुट्टै स्वभाव र विचित्रको शैलीका कारण धेरैको ध्यान आफूतिर ताने। पोर्चुगललाई फाइनलसम्म पुर्याउने क्रिस्टियानो रोनाल्डो, नानीजस्ता स्टार खेलाडीको चर्चा आफ्नो ठाउँमा रह्यो।

तर टोलीमै रहेका अर्का खेलाडी रिकार्डो क्वारेस्मालाई भने उत्कृष्ट खेल कौशलभन्दा पनि उनको कपालको शैली र टाटुले बढी चर्चित बनायो। उनको चिन्डे तालु र कानको छेवैमा रूखको पातको आकारमा मिलाइएको खैरो रङको कपालले फाइनलअघि धेरै समर्थकको ध्यान तान्न सफल भयो।

दुवै हातमा खोपिएको टाटुले पनि क्वारेस्मालाई थप चर्चामा ल्यायो। त्यसैले त युरोकप फुटबलको तस्बिर लिन व्यस्त रहेका फोटो पत्रकारबीच पनि क्वारेस्माको कपालको शैलीलाई आफ्नो क्यामेरामा कैद गर्ने होड नै चल्यो।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि क्वारेस्माको कपालको शैली र टाटुको खुलेर समर्थन गरे। 'कपाल काट्ने कला पनि आफंैमा अनौठो छ। यो खेल खेल्नुजस्तै फरक कला हो। क्वारेस्माको कपाल र टाटुले पनि उनलाई निकै चर्चामा ल्याएको छ।

 

म उनलाई बधाई दिन चाहन्छु’, सान्तोषले भने। क्वारेस्मा पोेर्चुगल टोलीका अतिरिक्त स्ट्राइकर हुन्। युरोकपमा धेरै समय मैदान बाहिर रहे पनि ३२ वर्षीय क्वारेस्माले प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाविरुद्ध निर्णायक गोलसमेत गरेका थिए। उक्त खेलमा पोर्चुगल १-० गोलले विजयी भएको थियो।

उनले क्वार्टरफाइनलको निर्धारित समयको खेलमा पोल्यान्डलाई १-१ गोलको बराबरीमा रोक्न पनि महत्वपूर्ण गोल गरेका थिए।यसैगरी युरोकपमा टाटुका कारण चर्चाका आएका अर्का खेलाडी हुन्, आयोजक राष्ट्र फ्रान्सका ओलिभर गिरोड।

गिरोडको टाटुले पनि जारी युरोकपमा लाखौं समर्थकको ध्यान तान्यो। फ्रान्सलाई घरेलु मैदानमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका गिरोडले दुवै हातमा कलात्मक टाटु खोपेका छन्। २९ वर्षीय गिरोड मैदानमा राम्रो खेल्दै गोल गर्न सफल भएपछि खुसीले उत्साही बन्दै दुवै हात हल्लाउँछन्। ठीक त्यहीबेला उनको हातमा खोपिएको टाटुले समर्थकको ध्यान आफूतिर तान्ने गर्छ।

आफ्नो हातमा खोपिएको टाटुलाई गिरोडले भगवान्को वरदान भन्ने गरेका छन्। यसैगरी फ्रान्सका अर्का प्रभावशाली स्ट्राइकर एन्टोइन ग्रिजम्यान पनि टाटुका सौखिन खेलाडी हुन्।

जारी युरोकपमा ६ गोल गरेका ग्रिजम्यानले आफ्नो दायाँ पाखुरामा टाटु खोपेका छन्। उनको टाटु भने आध्यात्मिक खालको छ। आफ्नो पाखुरामा जिसस क्राइस्टको तस्बिर अंकित टाटु खोपेका ग्रिजम्यानले हालसम्म टाटुको विषयमा भने केही बोलेका छैनन्।

यसैगरी टाटुकै कारण चर्चामा रहने युरोकपका अर्का खेलाडी हुन्, स्विडेनका ज्लाटन इब्राहिमोभिच। इब्राहिमोभिचले आफ्नो ज्यानभरि नै ड्रयागनको टाटु खोपेका छन्। टाटुसँगै उनले लेखेका छन्, 'भगवान्ले मात्र मलाई मूल्यांकन गर्न सक्छ।' टाटु खोप्ने खेलाडीको शैलीका विषयमा इङ्ल्यान्डका चर्चित फुटबलर डेभिड बेकह्याम फुटबल खेलाडीको विश्वव्यापी प्रचलन भएको बताए।

आफ्नो समयका चर्चित खेलाडी बेकह्यामले पनि शरीरका विभिन्न भागमा टाटु खोपाएका थिए। इङ्ल्यान्डकै अर्का चर्चित स्ट्राइकर जामी भार्डी पनि टाटुका सौखिन हुन्। प्रिमियर लिग उपाधि जितेपछि भार्डीले सात घन्टा लगाएर टाटु खोपाएका थिए। बेकह्यामले भनेजस्तै टाटु खोपाउने र मैदानमा देखाउनले प्रचलन विश्व फुटबलमा व्यापक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.