चर्चामा पोर्चुगललाई युरोकप दिलाउने इडर

चर्चामा पोर्चुगललाई युरोकप दिलाउने इडर

इडर पोर्चुगिज टोलीका दोस्रो रोजाइका स्ट्राइकर हुन्। इङ्लिस टोली स्वान्सी सिटीबाट व्यावसायिक फुटबल खेल्ने इडरले राष्ट्रिय टोलीका लागिमात्रै हैन क्लबकै लागि पनि गतिलो प्रदर्शन गर्न सकेका छैनन्।

गत सिजन स्वान्सीका लागि १५ खेल खेलेका उनले एक गोल पनि गर्न सकेका थिएनन्। त्यसपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा समेत प्रभावशाली नदेखिएपछि जारी युरोकपमा पनि उनी छायामा परेका थिए। तर उनै इडरले सोमबार बिहान भएको युरोकपको फाइनलमा पोर्चुगिज टोलीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता दिलाए।

पोर्चुगलले फाइनलमा आयोजक फ्रान्सलाई १-० गोलले पराजित गर्दै आफ्नो फुटबल इतिहासमैज्ञ अहिलेसम्मको मुख्य उपाधि भित्राउँदा इडरले नै निर्णायक गोल गरे।

सायद उनीबाट यो प्रदर्शन कमैले आशा गरेका थिए। प्रतियोगिताको सुरुवाती खेलमा पनि अवसर पाएका इडरले खासै प्रभाव देखाउन सकेका थिएनन्। पोर्चुगलले समूहगत चरणको तीन खेलमा बराबरीको नतिजा बेहोर्दा इडरले आइसल्यान्ड र अस्ट्रियाविरुद्धको खेलमा अवसर पाएका थिए।

इडर आइसल्यान्डविरुद्ध खेलको ८४ औं मिनेट तथा अस्ट्रियाविरुद्धको खेलमा ८३ औं मिनेटमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्ने अवसर पाएका थिए।

ती दुवै खेलमा उनले आन्द्रे गोमेजलाई परिवर्तन गरेका थिए। तर ती दुवै खेलमा उनले टोलीका लागि गतिलो प्रदर्शन गर्न सकेनन्।

त्यसैले प्रशिक्षक फर्नान्डो सान्तोसले हंगेरीविरुद्धको समूहगत चरणको अन्तिम तथा क्रोएसियाविरुद्धको पिक्वार्टरफाइनल, पोल्यान्डविरुद्धको क्वार्टरफानल र वेल्सविरुद्धको सेमिफाइनल कुनै पनि खेलमा उनलाई अवसर दिएनन्।

तर फाइनल खेलमा भरपर्दा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घाइते भएपछि टोलीमा स्ट्राइकरको कमी देखियो। त्यसैले प्रशिक्षक सान्तोसले खेलको ७९ औं मिनेटमा इडरलाई मैदानमा छिराएका थिए।

उनी युवा मिडफिल्डर रेनाटो साञ्चेजको स्थानमा मैदानमा प्रवेश गरेका थिए। यसअघिका खेलमा जम्न नसकेका इडरले अन्ततः फाइनल खेलमा टोलीलाई महत्वपूर्ण जित दिलाए।

डीबक्स भित्रबाट उनले गरेको सशक्त प्रहार सीधै गोलमा परिणत हुन पुगेको थियो। उनको प्रहार यति सशक्त थियो कि फ्रान्सेली प्रशिक्षक ह्युगो ल्होरिसले पूर्ण प्रयास गर्दासमेत त्यसलाई विफल पार्न सकेनन्।

सन् २०१२ मा अजरबैजानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका इडरले त्यसयता २९ खेल खेल्दै चार गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.