ग्रिजम्यानलाई गोल्डेन बुट

ग्रिजम्यानलाई गोल्डेन बुट

पेरिस: युरोकप फुटबलको गोल्डेन बुट उपाधि फ्रान्सका एन्टोइन ग्रिजम्यानले जितेका छन् । युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ । ग्रिजम्यानले युरोकपमा सर्वाधिक ६ गोल गरेका थिए । फाइनलसम्म कुल पाँच सय ५५ मिनेट मैदानमा बिताएका ग्रिजम्यानले दुईवटा गोलका लागि आफ्ना साथीलाई सहयोग पनि गरेका थिए ।

उनले युरोकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सकै ओलिभर गिरोडलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । सोमबार सम्पन्न युरोकपमा रोनाल्डो र गिरोडले तीनतीन गोल गरेका थिए । युरोकपमा फ्रान्सलाई फाइनलसम्म पुर्‌याउन २५ वर्षीय ग्रिजम्यानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समूह चरणमा अल्बानियाविरुद्ध एक गोल गरेका उनले प्रिक्वार्टरफाइनलमा आयरल्यान्डविरुद्ध पनि दुई गोल गरेका थिए ।

यसैगरी क्वार्टरफाइनलमा आइसल्यान्डविरुद्ध एक गोल गरेका ग्रिजम्यानले सेमिफाइनलमा जर्मनीविरुद्ध पनि दुई गोल गरेका थिए । युरोकपको एडिडास सिल्भर बुट पोर्चुगलका रोनाल्डो र ब्रोन्ज बुट फ्रान्सका गिरोडले पाए । यसअघि युरोकपको अघिल्ला तीन संस्करणअन्तर्गत सन् २०१२ मा स्पेनका फर्नान्डो टोरेस, सन् २००८ मा स्पेनकै डेभिड भिल्ला र सन् २००४ मा चेक चणतन्त्रका मिलान बारोसले गोल्डेन बुट जितेका थिए ।

फ्रान्सलाई फाइनलसम्म पुर्‌याउन ग्रिजम्यानको महत्त्वपूर्ण भूमिका रह्यो । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ग्रिजम्यान युरोकपको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि तेस्रो स्थानमा उक्लिएका छन् । उक्त सूचीमा मिचेल प्लाटिनी र क्रिस्टियानो रोनाल्डो नौ गोलसहित संयुक्त रूपमा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका एलन सियररले सात र तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ६ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.