माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा

 माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा  बुझाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने निर्णय गर्दै आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेकाको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो।

केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह समेत गरिसकेको छ। केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ।

प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा (माओवादी) सरकरमा सहभागी भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.