मन्त्री छान्दै दाहाल

मन्त्री छान्दै दाहाल

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्नसक्ने बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न पार्टीभित्रकै नेताहरूले सुझाव दिएका छन् ।

दाहालले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन् । यसअनुसार महराले पार्टी नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो । महराले गृहकार्यको आधार संविधानको कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन् ।

दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदाको नौ महिने कार्यकालको समीक्षा समेत गरिरहेको स्रोतले बतायो । पहिलोपटक उनी २०६५ भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

पूर्वलडाकुका डेपुटी कमाण्डर चक्रपाणी खनाल (वलदेव) ले दाहाल नेतृत्वको भावी मन्त्रिपरिषद् समानुपातिक र समावेशी हुनुपर्ने बताए । उनले भने, ‘सत्ताको मुख्य हिस्सेदार कांग्रेसको सहभागिता, पार्टीभित्र सरकारमा सहभागिताका लागि जारी चर्को विवादको निरुपण, संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, जनतासँग प्रत्यक्ष सरोकारका माग र कार्यलाई निकास दिनसक्ने टिमको चयन हुनुपर्छ ।'

गुट र उपगुट बनाउँदै नेताको स्वार्थमा मन्त्रिपरिष्द गठन गर्दा दाहाललाई नै अप्ठ्यारो पर्ने उनले बताए । उनले भने, ‘राष्ट्र र जनतामा केन्द्रीत मुद्दालाई सम्मान गर्ने मन्त्रिपरिषद् दिँदै सोही अनुसारको काम अगाडि बढाउने नीतिको कार्यान्वयन दाहालबाट हुनेछ ।'

माओवादी केन्द्रका सभासद् एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले मन्त्रिपरिष्दको अहिलेसम्मको उद्देश्य नै राष्ट्र र जनताका नाममा पार्टी र आफन्तको भरणपोषण देखिएकाले दाहालबाट त्यस्तो कार्यको अन्त्य हुनुपर्ने बताए । पहिलेको अनुभवलाई दाहालले दोस्रो पटकको अवसरमा कार्यान्वयन गर्ने विश्वासमा आफू रहेको पनि उनले बताए ।

 

माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकास मन्त्रीमा जनार्दन शर्माको नाम आएको छ । त्यस्तै नेता गिरिराजमणी पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्र भागमा रहेको स्रोतले बतायो ।

यसैगरी कर्णालीबाट महेन्द्रबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा वुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा छ । पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन दाहाल र माओवादी नेतृत्वले गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नयाँ सरकार निर्माणका विषयमा आवश्यक नीति र कार्यक्रम अझै तय नभएको, मन्त्रालयहरु विभाजनमा स्पष्ट नीति नबनिसकेकाले अहिले नै आफूले सबै विषयमा बताउन नसक्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.