‘एउटीमात्र महिलासँग बस्न मुस्किल छ'

‘एउटीमात्र महिलासँग बस्न मुस्किल छ'

लन्डन: अन्य क्यारिबियन खेलाडीजस्तै छोटो दूरीका कीर्तिमानी धावक उसेन बोल्ट पनि जीवनको साधारणमन्त्र ‘प्ले हार्ड, पार्टी हार्डर' मै विश्वास गर्छन् । ६ पटकका ओलम्पिक च्याम्पियन उनी अर्को महिनाबाट ब्राजिलमा सुरु हुने आसन्न रियो ओलम्पिकका अन्तिम तयारीमा जुटिरहेका छन् ।

सायद रियो ओलम्पिक उनको खेल जीवनको अन्तिम ओलम्पिक सहभागिता पनि हुन सक्नेछ । त्यसैले रियोमा पनि उनले अघिल्लो सहभागिताकै नतिजालाई दोहोर्‌याउने योजना बनाएका छन् ।

ट्रयाक एन्ड फिल्डका राजा मानिने बोल्टले हालै बेलायतको पत्रिका टेलिग्राफलाई दिएको एक अन्तर्वार्तामा मैदानबाहिरको आफ्ना केही रोचक प्रसंग पनि सार्वजनिक गरेका छन् । पछिल्लो दुई वर्षदेखि प्रेमसम्बन्धमा रहेका बोल्टले एकै महिलासँग समय बिताउन आफ्ना लागि मुस्किल रहेको बताएका छन् ।

उनले खेलकुदमा चर्चित भएपछि एकै महिलासँग मात्रै जिन्दगी बताउनु चनौतीपूर्ण हुने अनुभव सुनाएका छन् । ‘यदि तपाईं चर्चित हुनुहुन्छ भने, तपाईंलाई चाहने महिलाहरूको ठूलो दबाब हुनेछ', बोल्ट भन्छन्, ‘केटीहरू उनीहरूका सबै चीज तपाईंलाई समर्पण गर्न तयार हुन्छन् । सधैं तपाईंको नजिक हुन रुचाउछन् । यस्तो बेला केटाहरूलाई पनि मुस्किल हुने गर्छ । तपाईं नाइँ भन्न सक्नुहुन्न ।'

बोल्टले यस मामलामा बेलायत र जमैकाको संस्कृति उस्तै रहेको बताए । ‘इङ्ल्यान्डमा रोनीले चाँडै विवाह गरे । अन्य खेलाडी पनि चाँडै चर्चित हुन्छन् । जति बेला उनीहरू चर्चित बन्छन्, उनीहरूलाई पनि त्यस्तै दबाब हुने गर्छ', उनले भने, ‘जमैकामा पनि अवस्था त्यस्तै छ । त्यहाँ पनि चर्चित भएपछि यस्तै दबाब झेल्नुपर्छ ।'

सायद बोल्टले अर्को महिनाबाट यस्ता थप दबाब झेल्नु पर्नेछ । किनभने उत्कृष्ट फर्ममा रहेका बोल्टले रियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शन दिने पक्का छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.