मेसीसँग डराउँथे नेमार

मेसीसँग डराउँथे नेमार

लन्डन: ब्राजिलियन फुटबलर नेमारले बार्सिलोनामा अनुबन्ध हुनुअघि आफू उक्त टोलीका स्टार खेलाडीद्वय लियोनल मेसी र आन्द्रेस इनियस्टासँग डराउने गरेको खुलासा गरेका छन् । नेमारले बार्सिलोनामा मेसी र इनइस्टासँगै अभ्यास गरेको पहिलो दिन आफू निकै खुसी भएकोसमेत बताए । ब्राजिलियन टोलीका कप्तान नेमार सन् २०१३ मा घरेलु क्लब सान्तोषबाट युरोपकै चर्चित मध्येको क्लब बार्सिलोनासँग आबद्ध भएका थिए ।

उनलाई विश्वकै धनी अर्को स्पेनी क्लब रियल म्याड्रिडले लाखौं डलर रकमको प्रस्ताव गर्दासमेत नेमारले बार्सिलोना रोजेका थिए । सानै उमेरमा चम्किएका नेमारले बार्सिलोनासँग आबद्ध भएप्छि पनि आफ्नो त्यो छवि कायमै राखेका छन् । मेसी र अर्का स्ट्राइकर लुइस स्वारेजसँग बार्सिलोनाको अग्रपंक्तिमा जमेका नेमारले टोलीलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्‌याउँदै आएका छन् ।

यो सिजन मेसी, स्वारेज र नेमारले मिलेर बार्सिलोनाका लागि एक सय ३८ गोल गरे । यसमा नेमार एक्लैले ३१ गोल गरेका छन् । ब्राजिलियन टेलिभिजन च्यानल ग्लोबोलाई दिएको अन्तर्वार्तामा नेमारले भनेका छन्, ‘जब मैले बार्सिलोनामा मेरो पहिलो खेलअघि मेसी र अन्य खेलाडीलाई मेरोअघि देखेँ, म साँच्चिकै डराएको थिएँ ।'

 

उनले पहिलोपटक बार्सिलोनाका स्टार खेलाडीलाई भेट्दा आफूलाई निकै असहज भएकोसमेत बताएका छन् । ‘म जब ड्रेसिङ रुममा छिरे, मेसी, इनइस्टा, जेरार्ड पीके र डानी अल्भेसलगायतका खेलाडी थिए । उनीहरू सबै मेरा आदर्श खेलाडी हुन्', नेमारले भनेका छन्, ‘त्यस बेला आफूलाई कुनै भिडियो पार्लरमा खेल्न गएजस्तो महसुस भएको थियो । त्यो अवस्था सामना गर्न निकै मुस्किल भएको थियो ।'

नेमारले आफूलाई बार्सिलोनामा अभ्यस्त बनाउन अल्भेसले निकै मद्दत गरेकोसमेत बताएका छन् । अल्भेस पनि ब्राजिलियन फुटबलर हुन् । अल्भेस हालै बार्सिलोना छाडी इटालियन क्लब युभेन्टससँग अनुबन्ध भएका छन् । ‘बार्सिलोनामा आफूलाई अभ्यस्त बनाउन अल्भेसले मलाई निकै सहयोग पुर्‌याए । उनी त्यहाँ पहिलेबाटै थिए र एउटै देशका खेलाडी भएकाले पनि मलाई उनीसँग समय बिताउन सहज भएको थियो', उनले भनेका छन्, ‘बार्सिलोनामा उनकै कारणले म सबैसँग छिट्टै घुलमिल हुन सफल भएँ ।'

नेमारले सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल चरणमा कोलम्बियाविरुद्धको खेलका क्रममा चोटग्रस्त बन्दा आफूले करिअर गुमाएको महसुस गरेकोसमेत सुनाए । खेलका क्रममा विपक्षी खेलाडी जुआन जुनिगाले घुँडाले प्रहार गरेपछि नेमारको ढाडको हड्डी भाँच्चिएको थियो । उनले सो विश्वकपका बाँकी खेल सबै गुमाएका थिए । यद्यपि उनी उपचारपछि फेरि खेल्नसक्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.