पाकिस्तानी मोडेलको हत्या रहस्य

पाकिस्तानी मोडेलको हत्या रहस्य

एजेन्सीः पाकिस्तानमा किम कादर्सिनको रूपमा ख्याति कमाएकी मोडेल कंदिल बलोचको मुल्तानको पञ्जाप प्रोभिन्समा गोली हानी हत्या गरिएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति कंदिललाई आफ्नै दाइ ३० वर्षीय वासिम बलोचले हत्या गरेका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाएकी २६ वर्षीया बंदिलको परिवारले उनलाई मोडङि छोड्न दबाब दिए पनि उनले बेवास्ता गर्दै आएकी थिइन् ।

मोडलिङमात्रै होइन, कंदिलको विवाहलाई लिएर पनि उनको परिवार सन्तुष्ट थिएन । उनले दुईवटा विवाह गरिसकेकी थिइन् । प्रायः क्रिकेटरसँग जोडिएर उनी बारम्बार विवादमा आइरहने गर्थिन् । भारतीय क्रिकेटर विराट कोहलीलाई उनले खुलेआम प्रस्ताव राख्दै आएकी थिइन् ।

जुलाईमा सार्वजनिक भएको कंदिलको ‘ब्यान’ नामक भिडियोका कारण उनको आलोचना हुनुका साथै दाइ वासिम निकै रिसाएका थिए ।

तर सो भिडियोका कारण आफूलाई शानदार प्रतिक्रिया मिलेको दाबी गर्दै आएकी उनले पाकिस्तानी आइडल २०१३ मा पनि भाग लिएकी थिइन् । तर बेसुरा स्वर भएकाले उनी सो रियालिटी सोबाट निकालिएकी थिइन् ।

उनी टेलिभिजन अभिनेत्री, मोडेलका साथै ड्रामा क्विनका रूपमा समेत चिनिएकी थिइन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.