अमेरिकामा फेरि गोली प्रहार, तीन प्रहरीको मृत्यु

अमेरिकामा फेरि गोली प्रहार, तीन प्रहरीको मृत्यु

एजेन्सीः अमेरिकाको लुइसियाना प्रान्तको एक सपिङ महलमा भएको अन्धाधुन्द गोली प्रहारबाट तीन प्रहरी अधिकारीको मृत्यु भएको छ ।


सपिङ सेन्टरको सुरक्षार्थ खटिएका प्रहरीलाई गोली प्रहार भएको थियो । गोली लागेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो ।


कालो कपडा लगाएर आएका नकाबधारीहरुले प्रहरीलाई निशाना बनाएर गोली हानेका थिए ।


प्रहरीले गरेको जवाफी फायरिङमा एक आक्रमणकारीको ज्यान गएको छ ।


यस अघि असार २४ गते शुक्रबार प्रहरीको विरोधमा अमेरिकाकै डलासमा निकालिएको र्ंयालीमा भएको गोली प्रहारबाट चार प्रहरी अधिकारीले ज्यान गुमाएका थिए ।


अमेरिकी प्रहरीले दुई अश्वेत नागरिकलाई गोली प्रहार गरी हत्या गरेपछि त्यसको विरोधमा विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ । सोही प्रदर्शनका क्रममा आक्रमणकारीले प्रहरीलाई लक्षित गरी आक्रमण गरिरहेको छ । सोही आक्रमणका कारण अमेरिकामा पछिल्लो समय असुरक्षा बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.