नेपाली क्रिकेट टोलीको लगातार चौथो जीत

नेपाली क्रिकेट टोलीको लगातार चौथो जीत

काठमाडौंः बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई एक सय ८१ रनको भारी अन्तरले हरायो ।

बेलायतको लण्डनस्थित द इस्टबोउर्ने साफरोन्स् स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेटको क्षतिमा तीन सय रनको विशाल स्कोर बनायो ।

नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ७७ रन तथा ओपनर अनिल मण्डलले ७३ रन बनाए । त्यस्तै शरद भेषवाकर र अर्का अविजित राजु रिजालले ६० रन बनाएपछि नेपालको उच्च स्कोर बनेको हो । अर्का ओपनर सुवास खकुरेल भने मात्र छ रनमा पेवेलियन फर्किएका थिए ।

तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४ दशमलव ३ ओभरमै मात्र एक सय १९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई/दुई तथा शक्ति गौचन र विक्रम सोबले एक/एक विकेट लिएका थिए ।

आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ ।

यसअघि भएका तीन वटै खेलमा जित निकाल्ने क्रममा नेपालले फ्रि–फोरेस्टर क्लबलाई एक सय २९ रनको विशाल अन्तरले हराएको थियो भने इन्डियन जिमखानालाई २० रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.