काउलेपानी वातावरणमैत्री होमस्टे घोषित

काउलेपानी वातावरणमैत्री होमस्टे घोषित

लमजुङः नेपालकै उत्कृष्ट होमस्टे काउलेपानीलाई वातावरणमैत्री होमस्टे घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी र बेसीशहर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत डिकबहादुर कार्कीले काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देबहादुर गुरुङलाई वातावरणमैत्री होमस्टेको प्रमाण हस्ताण्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जिसीले वातावरणमैत्री होमस्टे घोषणा गरेर काउलेपानीले थप प्रगति गरेको बताए । ‘काउलेपानीले सबैको मन जितेको छ, उनले भने, ‘ वाताबरण र सरसफाईमा उच्च ध्यान दिनु सराहनीय कार्य हो । ’

बेसीशहर नगरपालिकाका कार्यकारी अधिकृत डिकबहादुर कार्कीले वातावरण संरक्षणमा विश्वसमुदायनै लागि रहेको बताउँदै वाताबरण अनुकुलनका अभियानमा लाग्न जरुरी भईसकेको बताए । ‘हिमालहरु कालापत्थरमा रुपान्तरण भईरहेका छन, जंगलफँडानी तिब्र भईरहेको छ, उनले भने,‘ अब वाताबरणमा ध्यान दिएनौं भने हामीले ठुलो समस्या भोग्नुपर्छ ।’

 

नगरपालिकालाई वाताबरणमैत्री घोषणा गर्नका लागि चरणबद्ध रुपमा लागेको बेसीशहर नगरपालिकाले पहिलो चरणमा बेसीशहर–७, काउलेपानीलाई वातावरणमैत्री होमस्टे घोषणा गरेको हो । होमस्टेलाई वातावरणमैत्री घोषणा गरिएको नेपालमै पहिलो पटक हो ।

वातावरणमैत्री घोषणाले काउलेपानीलाई जिम्मेवारी थपेको बताउँदै काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देबबहादुर गुरुङले आफुहरु ईमान्दारपूर्वक जिम्मेवारी पुरा गर्ने बताए ।

सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)होमस्टे गाउँ घोषणा गरेको थियो । सरकारले घुमफीर बर्षका रुपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रुपमा काउलेपानी पनि समाबेश छ ।

लमजुङ जेसिजको अगुवाईमा भएको होमस्टे अभियानसँगै लमजुङ उद्योग बाणीज्य संघले २०६९ सालमा ‘मोडल च्याम्बर भिलेज’ घोषणा गरेसँगै त्यहाँ पर्यटनले गति लिन थालेको थियो । काउलेपानीका १२ घरमा होमस्टे सञ्चालन गरिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.