युरोपका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

युरोपका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

लन्डन: युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपको सर्वोत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा अन्तिम १० खेलाडीको नाम सार्वजनिक गरेको छ । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेसीसँगै वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल पनि मनोनयनमा परेका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले हालै पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाएका थिए । उनले आफ्नो क्लब रियललाई युरोपियन च्याम्पियन्स लिगको उपाधिसमेत चुमाएका थिए ।

यसैगरी बार्सिलोनाका स्टार खेलाडी मेसीले हालै सम्पन्न कोपा अमेरिका फुटबलमा आफ्नो टोलीलाई फाइनलसम्म पुर्‌याएका थिए । आफ्नो टोली फाइनलमा चिलीसँग पराजित भएपछि उनले अप्रत्याशित रूपमा राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरिसकेका छन् ।

उनले बार्सिलोनालाई भने स्पेनिस ला लिगासँगै अन्य महत्त्वपूर्ण उपाधि पनि जिताएका छन् । रियल म्याड्रिडका प्रभावशाली खेलाडी बेलले पनि हालै सम्पन्न युरोकपमा आफ्नो राष्ट्र वेल्सलाई सेमिफाइनलसम्म पुर्‌याएका थिए ।

 

मनोनयनमा पर्ने अन्य खेलाडीमा रियल म्याड्रिडका पोर्चुगिज खेलाडी पेपे, बार्सिलोनाबाट खेल्ने उरुग्वेका स्ट्राइकर लुइस स्वारेज र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यान रहेका छन् । यसैगरी युभेन्ट्सका इटालियन गोलरक्षक जियानलुइगी बुफोन, रियल म्याड्रिडका जर्मन स्ट्राइकर टोनी क्रुज र बायर्न म्युनिखका जर्मन गोलरक्षक मानुयल नेउर पनि मनोनयनमा परेका छन् ।

यसैगरी बार्यन म्युनिखका जर्मन खेलाडी थोमस मुल्लर पनि अन्तिम १० खेलाडीको सूचीमा अटाएका छन् । यूईएफएले ३७ खेलाडीमध्येबाट मतदानमार्फत अन्तिम १० खेलाडीको सूची तयार पारेको हो । आगामी अगस्ट २५ तारिखमा विजेताको घोषणा गरिनेछ । सन् २०१५÷१६ सिजनमा सर्वोेत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अवार्ड प्रदान गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.