मंगलबार विश्वकै पुरानो क्रिकेट क्लबसँग नेपालको खेल

मंगलबार विश्वकै पुरानो क्रिकेट क्लबसँग नेपालको खेल

काठमाडौँ: नेपाली क्रिकेट टोलीले मंगलबार क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा प्रतियोगिता खेल्ने भएको छ।  

वश्वको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले एकदिवसीय खेल खेल्न लागेको हो। 

लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीलै मैत्रीपूर्ण खेल खेल्न लागेको हो।  यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर खेलेको थियो।

एमसीसीसँग खेल्नुअघि नेपाली टोलीले इङ्ल्यान्डमा चारवटा अभ्यास खेल खेल्यो।  

अभ्यास खेलमा नेपाली टोलीले फ्री फोरेस्टरलाई एक सय २९ रन (एकदिवसीय), इन्डियन जिमखानालाई २० रन (टीट्वेन्टी), क्लब क्रिकेट कन्फेरेन्स (सीसीसी) लाई चार विकेट (एकदिवसीय) र इस्टबोर्न सीसीलाई एक सय ८१ रन (एकदिवसीय) ले हराएको थियो।

आइतबार राति इस्टबोनविरुद्ध भएको खेलमा नेपाली टोलीले उत्कृष्ट ब्याटिङ गरेको थियो।  पहिला ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन जोडेको थियो।  

नेपाली टोलीको पालीमा अनिलकुमार मण्डलले ७३, विनोद भण्डारीले ७७, शरद भेषावकरले ६० र राजु रिजालले ६० रन बनाएका थिए।

विनोद भण्डारीले ५३ बलमा १२ चौका प्रहार गरे।  एक सय १० बल सामना गरेका अनिलले सात चौका हिर्काए।  

शरदले ५७ बलमा एक छक्का र ६ चौका तथा राजुले ६७ बलमा पाँच चौका हिर्काए।  नेपालले आगामी अगस्ट १३ र १५ तारिखमा नेदरल्यान्ड्ससँग आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्दैछ।
 
महत्वपूर्ण मानिएको उक्त खेलका लागि एमसीसीविरुद्धको भिडन्तलाई तयारीका रूपमा पनि लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.